एमाले हुम्लाद्वारा महाधिबेशन प्रतिनिधि छनौट
राजन रावत
हुम्ला, कात्तिक २८ गते । नेकपा (एमाले) हुम्लाले राष्ट्रिय महाधिबेशनका लागि प्रतिनिधि छनौट गरेको छ । शनिबार बसेको उक्त पार्टीको जिल्ला कमिटि सहितको भेलाले प्रतिनिधि छनौट गरेको हो ।
एमाले हुम्लाका अध्यक्ष दलबहादुर रावलले पार्टीबाट आगामी मंसीर महिनामा हुने राष्ट्रिय महाधिबेशनका लागि दश जना प्रतिनिधि सर्बसम्मत रुपमा छनौट भएको बताउनुभयो । यसरी राष्ट्रिय महाधिबेशनमा प्रतिनिधि छनौट भएकाहरुमा पार्टी अध्यक्ष रावल, अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेरा, ज्ञानी बुमी, डबल रावत, पुर्णप्रसाद ढकाल, कलबहादुर हमाल, सौमति ऐडी, रुपा शाही, सुनमति परियार, नौरजन तामाङ र कालीबहादुर नेपाली रहनुभएको छ ।
राष्ट्रिय महाधिेबशन प्रतिनिधिहरु छ जना खुल्ला र चार जना समाबेशी रुपमा चयन भएको सो पार्टीले जनाएको छ । महाधिबेशन प्रतिनिधि सर्बसम्मत रुपमा छनौट भएपछि पार्टीले सार्बजनिक कार्यक्रम आयोजना गरेर घोषणा गरेको हो ।