खुला | प्रदेश | समाज |

कपिलबस्तुमा गहुँखेतीका लागि डीएपी मल अभाव

 

नारद कोहार

कपिलबस्तु, मंसिर १ गते । धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कपिलबस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषक भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । जिल्लामा कृषि सहकारी संस्थाद्वारा अनुदानको मल विक्रीवितरण हुँदै आएको छ ।

मलको लागि हामीलाई धेरै समस्या परेको, नेपालमा दुई हजार दुईसयमा पाइने मल भारतबाट दुई हजार आठ सयमा किनेर ल्याएको कृषक जर्नादन यादवले बताउनुभयो । भारतबाट ल्याएको मलको बोरीमा १८, ४६ लेखे पनि भित्र २०,२०, ० राखेर विक्री वितरण गरेको उहाँले बताउनुभयाे । कृषक यादवले भने नेपालमा मल नपाएर खेती गर्न समस्या परेको बताउनुभयो ।

गहुँ छर्ने बेला सम्म पनि डी ए पी मल नपाएको, हामी कहिले मल पाउने र कहिले गहुँ छर्ने हाम्रो खेती दिनदिनै पछाडि परेको कृषक हरिराम यादवले बताउनुभयो ।

युरीया मल चहिने बेलामा डीएपी र डीएपी चहिने बेलामा युरीया मल आउने गरेको कृषक हरिचन्द्र बरईको गुनाेसो छ । गहुँको खेती गर्ने बेलामा डीएपी मल आवश्यक पर्दछ तर डीएपी नआएर युरीया मल आएको र हामी मल लिन भारत जानुपर्ने समस्या रहेको कृषक हरिचन्द्र बरईको गुनासो छ।

युरीया मल हामीसँग करिब साढे ५ मेट्रिक टन मौज्दात रहेको तर खास गहुँबालीका लागि खास डिएपी चाहिने भएकोले आज (मंगलबार) देखि आउन शुरु गरेको छ अव एक हप्ता भित्रै सबै परिमाणमा डिएपी आएर वितरण हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख प्रकाश ज्ञवालीले बताउनुभयो । उहाँले भने अहिले गहुँबालीका लागि डिएपी आउन केही ढिला भएको र बाहिरबाट आउने भएकोले ढिला भएको बताउनुभयो ।

जिल्लामा गहुँ खेतीको लागि पाँच हजार मेट्रिक टन युरिया र डिएपी लग्ने गरेको छ । यहाँ वार्षिक रुपमा २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । कपिलबस्तुमा किसानले भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरिद गर्नुपरेको किसानको दुःखेसाे छ ।