गल्याङमा तीनसय क्षमताको सिटी हल निर्माण
अर्जुन काफ्ले
स्याङ्जा, मङसिर २ गते । गल्याङ नगरपालिकामा २८८ जना अट्ने क्षमताको सिटी हल निर्माण भएको छ । गल्याङबजार नजिकै गल्याङ नगरपालिका ३ मा शहरी विकास संघीय आयोजना कास्कीले सिटी हल निर्माण गरेको हो ।
तीन करोड ६६ लाख ३५ हजार ३४३ रुपियाँ ७९ पैसामा निर्मित सिटी हल भवनको क्षेत्रफल ६१२.८३ स्क्वााएर मिटर रहेको छ । निर्माण भएको भवनमा कार्यक्रम हलसहित प्रशासन भवन र सुबिधा सम्पन्न शाँैचालय रहेको छ ।
फुलजोर जोशी जेभि निर्माण सेवाले २०७६ साल भदौ २२ गते निर्माणको जिम्मा लिएर दुई बर्षमा सक्नेगरी सम्झौता गरेको थियो । कोरोनाका कारण छ महिना समय थप गरेर निर्माण कम्पनीले निर्माण कार्य सकेको शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका आयोजना प्रमुख झपटबहादुर थापाले बताउनुभयो ।
आगामी माघ १० गतेसम्म सक्नेगरी समय थप गरेको भए पनि निर्माण कम्पनी थप समय अगावै भवन बनाएर जिम्मा लगाएको थापाले बताउनुभयो । नगरपालिकामा सभा, भेला गर्ने ठाउँको अभाबमा चौरमा गर्नुपर्ने बाध्यता सिटीहल निर्माण सगै सकिएको थापाको भनाइ छ । उहाँले समयमा नै सिटी हल नगरपालिका हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई निर्माण कम्पनीले भवन जिम्मा दिएसँगै आयोजनाका प्रमुख थापाले हस्तान्तरण गर्नुभएको हो । शहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई पोखराले यहाँका भिरकोट र चापाकोटमा समेत सिटी हल निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ ।