बाजुराका विकट गाउँमा गोरेटो बाटोमा जाखिम माेलेर आउजाउ
शेरबहादुर सार्की
बाजुरा, मङ्सिर ६ गते । बाजुराको त्रिवेणी नगरपालिकाका सबै वडामा सडक सञ्जालले जोडिए पनि किम्नी गाउँका स्थानीयबासी भने गोरेबाटोमा जोखिम मोरेर हिँड्डुल गर्न बाध्य छ । त्रिवेणी नगरपालिका सबै गाउँमा सुवारी साधन चल्दै आएको भए पनि वडा नं –५ को किम्नीगाउँ पुस्तौंदेखि अहिलेसम्म सडक सञ्जालकै पहुँचबाट वञ्चित हुँदै आएको छ । नगरपालिकामा रहेका ९ वटा वडा मध्ये ८ वडाको गाउँगाउँमा सडक सञ्जालले जोडिएका छन् तर हाम्रो वडा नं ५ किम्नीमा भने पहिला र अहिलेको अवस्था उस्तै रहेको स्थानीय गोपाल बुढाले बताउनुभयो ।
त्रिवेणी नगरपालिका ५ का गोपाल बुढाले भन्नुभयो, “बाजुरा जिल्लाको सबै भन्दा निकै डर लाग्दो हाम्रो यो किम्नीको गोरेटो बाटो छ, जो कोही यो बाटोमा दिउँसोमा हिँड्न डराउँछन् , किम्नी बासीको यो किराल समस्या भए पनि स्थानीय सरकारलाई भने कुनै चाँसो छैन । उहाँले भन्नुभयो ,“राजनीति दलका नेता तथा कार्यकर्ता चुनावको समयमा माथि लेखको बाटो हुँदै गाउँमा भोट माग्न आउँछन, किम्नीको यो बाटोको समस्या हामी हल गर्छु भनेर जान्छन् बाटोकै मुद्दा लिएर चुनावी नारा बनाउँछन् तर किम्नीबासीको समस्या भने जहाँको त्यँही नै छ ।”
बुढाले भन्नुभयो, ‘म अहिले ७५ वर्षको उमेर भयो, पञ्चायतदेखि अहिलेसम्म यो बोटो कै विषयको कुरामा कुरा गर्छन् तर कतै बाट समस्याको समधान भने भएको छैन । स्थानीय तहले स्वास्थ्य, शिक्षा, भौतिक विकास निर्माणका कार्यक्रम सञ्चालन हुँदै आएको भए पनि यो गाउँमा सडक सञ्जाल नजोडिएपछि भीरको बाटोमा आउजाउ र सामान ओसारपसार गर्न निकै सास्ती खेप्दै आउनुपरेको त्रिवेणी नगरपालिका वडा नं –५ का वडा सदस्य झुपा लुवारले बताउनुभयो ।
सडक नजोडिएपछि अहिले मनागाउँका स्थानीय पन्धाराबाट गाउँसम्म खच्चर तथा ज्यानको बाजी राखेर पिठ्युमा समान ओसारपसार गर्दै आएका छन् । २०७४ पुसमा तोलीदेखि किम्नीगाउँ जोड्ने ५ किलोमिटर सडक डोजर लगाएर काम सुरु गर्दै आएको भए पनि त्यो यो वर्षाको बाढीले तहसनहस छ ।
तोलीबाट झण्डै दुई किलो मिटरको बीचमा ठूलो भीर काट्न नसकेपछि अहिले त्यो बदलिएर पन्धाराको मालागाडबाट फेरि ट्याक खोल्ने कामको सुरुवात भएको त्रिवेणी नगरपालिकाको कार्यालयले जनाएको छ । त्रिवेणी नगरपालिका –५ किम्नीका स्थानीय मनबहादुर लुवार भन्नुहुन्छ, “बजारदेखि गाउँ जाने घुमाउँरो र भिरालो बाटो छ, जो कोही त्यो बाटोमा हिँड्दा चक्कर आएर ढल्छन, हामीले त्यसै ठाउँमा आउजाउ र सरसामान सामान ओसार्न परेको छ ।”
गाउँमा अझै सडक नभएपछि किम्नीका स्थानीय गाउँमा उत्पादन गरेका आलु, साग, मुला, रायोलगायत तरकारी बजारसम्म कसरी लाने भन्ने चिन्तामा परेका छन् । त्रिवेणी नगरपालिका –५ का स्थानीय कोकिला विक भन्नुहुन्छ, “हामीले वडामा गएर सडक माग्दै आएका छौँ, तर अहिलेसम्म गाउँमा सडक पुगेको छैन । यो हिउँदमा गाउँमा सडक पुग्ने भनेपछि सामान ढुवानी गर्न केही सहज हुने आशा पलाएको छ ।”
भौगोलिक विकटताका कारण र ठाउँ ठाउँमा ठूला चट्टान भएको र त्यसलाई डोजर लगाएर पनि चट्टान फोड्न नसकेको कारण सडक पु¥याउन निकै सकस भएको त्रिवेणी नगरपालिका वडा नं –५ का अध्यक्ष गम्भीर बुढाले बताउनुभयो ।
आ.व २०७७/७८ को रकमले मालागाडबाट किम्नीमा झण्डै तीन किलो किलोमिटर ट्रयाक खोलिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ६० लाख भन्दा बढी रकम विनियोजन भएकोले हिउँदमा जसरी भए पनि किम्नी बासिन्दाको जिप चढ्ने धोको पूरा गर्छु, त्रिवेणी नगरपालिका नगरप्रमुख रामसिंह रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘त्रिवेणी ५ किम्नी गाउँमा पुग्ने झण्डै पाँच किलो मिटर सडक निर्माणका लागि साठी लाखको टेन्डर भइसकेको थियो ।’
वर्र्षाको बाढीका कारण सुचारु भएका सडक पनि तहसनहस पारेपछि झनै समस्या थपिएको छ तै पनि किम्नीमा यो महिना भित्रै बाटो काट्ने काम सुरु गर्छ, प्रमुख रावलले बताउनुभयो ।”