जनकपुरधाममा झुण्डिएको अवस्थामा एक युवा फेला
लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर १३ गते । धनुषा जिल्लाको जनकपुरधाममा डेरा लिएर बस्दै आएका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उपमहानगरपालिका वडा नम्बर १ धर्मवान टोलस्थित भाडामा बस्दै आएका अन्दाजी वर्ष १८÷२० का युवक आइतबार डेरामा झुण्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
मृतक धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ बस्ने लालबाबु साहका छोरा रामपुकार साह हुन् । मृतक जउमनपा १ स्थित रामएकवाल साहको घरमा डेरा गरि बस्दै आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आफू सुत्ने कोठाको सिलिङ्गमा पासो लगाएको अवस्थामा सोही घरमा बस्ने अन्य मान्छेहरुले देखेपछि प्रदेशिक अस्पतालमा लगेर उपचार गराउने क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
लासलाई आइतबार साँझ नै पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाएको थियो । पोष्टमार्टमको रिपोर्ट आएपछि थप विवरण दिइने धनुषा प्रहरीले जनाएको छ ।