अरुण तेश्रोको सुरुङमा काम गर्ने मजदुरको मृत्यु
ध्यान कुलुङ
सङ्खुवासभासभा, मङ्सिर १६ गते । निर्माणाधीण अरुण तेश्रोको सुरुङ भित्र काम गर्ने एक मजदुरको मृत्यु भएको छ । चिचिला गाउँपालिका ३ को सोलाखानीको सुरुङ भित्र काम गर्ने भारतीय मजदुर मुगेरीलाल सिंहको मृत्यु भएको हो ।
सिंह सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर बुधबार दिउँसो घाइते भएका थिए । उहाँको उपचारको लागि खाँदबारी अस्पताल ल्याइएको थियो । उहाँको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो ।
सिँह मध्ये प्रदेश भारतबाट अरुण तेश्रोमा काम गर्न आउनुभएको थियो । उहाँले करिव विगत एक वर्षदेखि सुरुङ खन्ने काम गर्दै आउनुभएको थियो ।