खुला | प्रदेश |

उदयपुर दुर्घटनामा २ जनाको मृत्यु

भोटराज राई
उदयपुर, मंसिर २३ गते । उदयपुरमा बिहीबार छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ । बेलटारबाट गाईघाटतर्फ आउँदैगरेको स १० प ३१३३ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका –६, सातधारेमा अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँका ३० वर्षीय उमेश राईको निधन भएको हो ।

दुर्घट्नाना परी गम्भीर घाईते भएका राईको स्थानीय चौदण्डीगढी नगर अस्पताल बेलटारमा उपचार गर्दागर्दै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी प्रदेश २, ०३–००९ प ४८४१ नम्बरको अर्को मोटरसाईकल चौदण्डीगढीकै ३ नम्बर वडाको हात्तिसारमा दुर्घट्नामा परी अर्का एक युवकको ज्यान गएको छ ।

सप्तरीको फत्तेपुरबाट उदयपुरको रामपुरतर्फ आउँदै गरेको सो मोटरसाईकल बिहीबार दिउँसो १ः०० बजे अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार जिल्ला सिरहा लहान नगरपालिका २२ का ३२ वर्षीय ओम बिकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोसामा सवार अर्का सप्तरी महुलीका २५ वर्षीय बिजय घतानी घाईते भएको प्रहरीले जनाएको छ । घाइतेको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।