खुला | प्रदेश |

कोभिड प्रभावित २५ जनालाई बाख्रा बितरण

कमल शर्मा
दैलेख, मङ्सिर २७ गते । कोरोनाबाट प्रभावित भएका युवा, एकल महिला र घरेलु हिंसामा परेका महिलालाई बाख्रा बितरण गरिएको छ । गुराँस गाउँपालिका –६ का २५ जना किसानलाई बाख्रा बितरण गरिएको हो ।

गुराँस गाउँपालिका, युनएन डिपिको आर्थिक सहयोग र महिला शसक्तिकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड –१९ रेस्पोन्स एण्ड सोसियो इकोनोमि कार्यक्रम दोस्रो चरणमा अन्तर्गतप्रति किसान पाँच थानका दरले खरी जातको बाख्रा बितरण गरेको महिला शसक्तिकरण मञ्च नेपालले जानकारी दिएको छ ।

महिला शसत्तिकरण मञ्च नेपाल दैलेखका अध्यक्ष सुनिता चन्दले आर्थिक अवस्था कमजोर भएका, कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वेदश फर्केका, घरेलु हिंसामा परेका र एकल महिलालाई बाख्रा बितरण गरेको जानकारी दिनुभयो । उहाँले परियोजनामार्फत पहिलो चरणमा खोर निर्माण गर्न आवश्यक सामग्री बितरण गरिएको जानकारी दिनुभयो ।

नयाँ गोरेटो पशुपक्षी समुहका गौरी दमाईले कोरोना कारण रोजगारी गुमाएका, घरेलु हिंसामा परेकाहरुको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले बाख्रो बितरण गरेको भन्दै सहयोगी निकायलाई धन्यबाद दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका किसानका लागि राहत हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “कोरोनाको पहिलो, दोस्रो लहर भोग्यौं रोजगारी केही छैन, रोजगारी गर्न भारत जाने हो त्यहाँ जोखिम कायमै छ ।” गाउँमै बाख्रापालन ब्यवसाय गराउने मनसायले संस्थाले बाख्रा वितरण गरेको बताएको छ ।