खुला | प्रदेश |

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


लीला झापाली
बिर्तामोड, पुस १ गते । पूर्वपश्चिम राजामार्गको कन्काई नगरपालिका ७ दुर्गापुरमा बुधबार राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको ज्यान गएको छ । बुधवार राति ७ः ४० को समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको यात्रुवाहक बस एक आपसमा ठक्कर खाएकाे थियाे ।

ठक्कर खाएपछि मोटरसाइकलमा सवार इलाम रोङ गाउँपालिका ६ बस्ने वर्ष ३३ को सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थान बस्ने वर्ष ४० को चन्द्रबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते दुबैको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।