खुला | प्रदेश |

दुई सय टुहुरा बालबालिकालाई न्यानो कपडा वितरण

नारद कोहार
तौलिहवा, पुस ३ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिका र शिवराज नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत दूई सय टुहुरा बाल बालिकालाई न्यानो कपडा वितरण गरिएको छ । साथै १३ लाख रुपियाँ बढीको छात्रबृत्ति पनि वितरण गरिएको छ । कपिलवस्तु नगरपालिकाको पहेचहरा र शिवराज नगरपालिकाको चन्द्रौटामा न्यानो कपडा र छात्रबृत्ति उपलब्ध गराइएको हो ।

कक्षा १० वा सोभन्दा माथि अध्ययनरत बालबालिकालाई १० हजार र कक्षा १० भन्दा मुनी अध्ययनरत बालबालिकालाई ६ हजारका दरले छात्रबृत्ति वितरण गरिएको हिउमन रिलिफ अर्गनाईजेशनका उपाध्यक्ष ताहिर महमूदले बताउनुभयो । ६ जना १० कक्षामा अध्ययनरत बालबालिकालाई १० हजार र १ सय ९४ जना बालबालिकालाई ६ हजार रुपियाँका दरले गरी कुल १३ लाख छात्रबृ्िरत्त वितरण गरिएको उपाध्यक्ष महमूदले बताउनुभयो ।

यस्तै, बालकहरुलाई ज्याकेट, कम्बल, झोला र मोजा तथा बालिकाहरुलाई सल, स्बीटर, मोजालगायतका न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो । टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग गर्ने उद्देश्यले छात्रबृत्ति सहयोग गर्दैआएको उहाँले बताउनुभयो । ‘टुहुरा भएका बालबालिकालाई प्रोत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौ’ उहाँले भन्नुभयो ।

टुहुरा बालबालिकालाई बिद्यालयमा निरन्तरताका लागि यस्तो सहयोग गरेको हेल्पीङ हेन्डका मेनेजर जीवा पोख्रेलले बताउनुभयो । ‘टुहुरा बालबालिका पैसाको कारणले बिद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर हामीले यो सहयोग दिएको हौ’ उहाँले भन्नुभयो । हैल्पीङ हेन्डले टुहरा बालबालिकालाई छात्रबृत्ति, बिद्यायहरुमा फिल्टर टंकी निर्माण, स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री बितरण, आयआर्जन लगायतका कार्यक्रम गर्दैआएको छ । बालबालिकाहरुलाई मेनेजर पोख्रेल र अर्गनाईजेशनका उपाध्यक्ष महमूदले छात्रबृत्ति रकम र न्योनो कपडा हस्तान्तरण गर्नुभयो ।