यातायात मजदूर संगठनको राष्ट्रिय महाधिवेशन सुरु
लक्ष्मण पौडेल
भैरहवा, पुस ८ गते । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशन बिहीबारदेखि रुपन्देहीमा सुरू भएको छ । महाधिवेशनको नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गर्नुभयो ।
सो अवसवरमा अध्यक्ष श्रेष्ठले मजदुरहरूलाई राजनीतिमा आउन आग्रह गर्नुभयो । जदुरहरु राजनीतिमा आएपछि मात्र उनीहरुको भविश्य सुरक्षित हुने मजदुर नेता श्रेष्ठले बताउनुभयो । ‘मजदुरले राजनीति नगरे कस्ले गर्छ ?’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘मजदुरले पनि देश चलाउन सक्छन् । मजदुरी गरी मन्त्री बनेका व्यक्तिले मात्र मजदुरको समस्या बुझ्छ ।’
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा यातायात मजदुर सहभागी हुने श्रेष्ठले बताउनुभयो । टे«ड युनियन महासंघले प्रतिनिधित्वको अधिकार कार्यान्वयनको चरणमा पु¥याएको नेता श्रेष्ठले बताउनुभयो । अधिवेशनले आन्दोलनको समिक्षा गर्दै चुस्त नयाँ नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले एमालेले मात्र मजदुरहरुका समस्या समाधान गर्ने बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई कार्यान्वनमा ल्याउन नदिन अनेक प्रयासहरु भइरहेको बताउँदै मजदुरको न्यूनतम ज्याला अनिवार्य कार्यान्वन हुनुपर्ने बताउनुभयो ।
जिफन्टका उपाध्यक्ष विदुर कार्कीले यातायातलाई कम्पनीमा जाने माग गरिएको बताउनुभयो । कार्यक्रममा जिफन्ट उपाध्यक्ष कमल गौतम, यातायात मजदुर संघका उपाध्यक्ष दीर्घबहादुर केसी, अखिल नेपाल मजदुर संघका अध्यक्ष राजेन्द्र आचार्य, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, आइटेप नेपालका संयोजक अजय राई, संघका पूर्व अध्यक्षहरु राजिब घिमिरे, उत्तम केसी लगायतले बोल्नुभएको थियो ।
संगठनका अध्यक्ष भीम ज्वाला राईको अध्यक्षतामा उदघाटनसत्र भएको थियो । तीन दिनसम्म चल्ने अधिवेशनमा देशभरबाट ३५० भन्दा बढी मजदुर नेताहरुको सहभागिता छ ।