खुला | प्रदेश |

गाडी ठक्करले एक जनाको मृत्यु, एक घाइते

भोटराज राई
उदयपुर, पुस ११ गते । उदयपुरको चौदण्डगढी नगरपालिका– ५ सुन्दरपुरमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरिक्षक छेफिन्जो भोटेका अनुसार प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरले स १० प ८७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा त्रियुगा नगरपालिका –१ का २५ वर्षीय गङ्गाराम चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलले ओभरटेक गर्ने क्रममा टिपरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार मृतककी श्रीमती सङ्गीता चौधरी घाइते हुनुभएको छ । उहाँको सप्तरीको फत्तेपुर अस्पतालमा उपचार भइरहेको छ ।

टिपर र चालक सुनसरीको हरिपुर गाउँपालिका ८ का सुनिल दाहाललाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाइएको छ ।