सिन्धुपाल्चोकमा हिमपात
सिन्धुपाल्चोकमा हिमपात
चित्र मिजार
सिन्धुपाल्चोक, पुस १४ गते । निरन्तरको झरीले सिन्धुपाल्चोक हिमाली क्षेत्रमा हिमपात भएको छ । हेलम्बु गाउँपालिकाको पर्यटकीय क्षेत्र हेलम्बु, शेर्माथान, लिसंखुपाखर गाउँपालिकाको मुडे, जेठल, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली, जलजले, पिस्कर, बाह्रबिसे नगरपालिकाको दोलाङसा, बिगु, घोर्थलीमा बाक्लो हिमपात भएको छ ।
त्यस्तै, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार तातोपानी क्षेत्र, दुगुनागढी, लिस्तिमाईमा हिउँ परेको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको पाँचपोखरी, भोताङ, बरुवा लगायतको स्थानमा हिमपात भएको छ । जुगल गाउँपालिकाको तेम्बाथान, गुम्बामा हिमपात भएको छ ।
निरन्तर झरी र हिमपातका कारण सिन्धुपाल्चोकमा चिसो बढेको प्रमुख जिल्ला अधिकारीले वेदनिधि खनालले बताउनुभएको छ । हिमपातले जाडो बढाएपछि सिन्धुपाल्चोकबासीलाई न्यानो गरेर बस्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।