एमाले चितवनको अधिवेशन स्थगित
शालिग्राम नेपाल
चितवन, पुस २६ गते । नेकपा (एमाले) चितवनको जारी दशौं जिल्ला अधिवेशन अर्को सूचना जारी नगरेसम्मका लागि स्थगित भएको छ । पुस २३ र २४ गते भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न नसकेपछि स्थगित भएको थियो ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिएको र धेरै व्यक्ति सहभागी नगराउन सीसीएमसीको सिफारिससमेत जारी भएकाले स्थगित गर्न बाध्य भएको एमाले चितवनको निवर्तमान अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।
२५ जनाभन्दा धेरै मानिस भेला हुन नपाउने सीसीएमसीको निष्कर्षलाई ध्यान दिएर अधिवेशन स्थगित गरिएको एमाले चितवनले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार र शनिबार भएको एमाले चितवनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न नसकेपछि २६ गतेसम्मलाई स्थगित गरेको थियो ।