खुला | प्रदेश |

प्रदेश राजधानी जनपुरधाम हुन्छ : मन्त्री साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, पुस २८ गते । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम प्रस्ताव दुईतिहाइले पारित हुने दाबी गर्नुभएको छ ।

जनकपुर उपमहानगरपालिका– ७, जानकीनगरका गरीब विपन्न परिवारलाई बुधबार एक–एक थान कम्बल वितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रलायको आयोजनामा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश २ को राजधानी र नामकरणमा गृहकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“जसले जति षड्यन्त्र गरेपनि प्रदेशको राजधानी जनकपुरधाम नै हुन्छ, यसमा दुईमत छैन” उहाँले भन्नुभयो, “प्रदेशको नाम मधेस प्रदेश दुई तिहाइ बहुमतबाट पारित हुन्छ ।” प्रदेश राजधानी र नामकरणको लागि आउँदो माघ २ गते प्रस्ताव टेबुल हुने र सो प्रस्तावउपर ३ गते निर्वाचन हुने जानकारी दिनुभयो ।

शीतलहर र चिसोमा न्यानो लत्ताकपडाको जोहो गर्न नसकिने अति विपन्न, गरीब परिवारलाई यस विपद्बाट बच्न कम्बल वितरण गरिरहेको बताउनुहुदै मन्त्री साहले विपद् न्यूनिकरणमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

जानकी नगरका ५०० जना अति विपन्न, गरीब परिवारलाई गुणस्तरीय एक–एक थान कम्बल वितरण गरिएको वार्ड नम्बर ७ का अध्यक्ष जानकीराम साहले बताउनुभयो ।