खुला |

विस्फोटक पदार्थ भैँसीले खाएपछि...

जानु पाण्डे
कपिलवस्तु माघ १९ गते । वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ खाँदा गर्दा कपिलवस्तु भैंसी घाइते भएको छ । बुधवार बिहान शिवराज नगरपालिका ३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ ।
भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको हुन सक्ने स्थानीयको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएका छन् ।
जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्राय जसो बँदेल मार्नको लागि वन्यजन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।
चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले बन कार्यालय र प्रहरी प्रशासनले निगरानी बढाउन पर्ने स्थानीय समाज सेवी कृष्ण कार्कीले बताउनुभयो । वन क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र वन रक्षक टोली परिचालन भए पनि चोरी सिकारीका घटना बढ्दै गएको छ ।