खुला | प्रदेश |

रुखले च्यापिएर दुई जनाको मृत्यु

धर्बेन्द्र झा
जनकपुरधाम, माघ २१ गते । धनुषामा बिहिबार विहानदेखि चलेको हावा हावाहुरीका कारण रुख ढल्दा हाँगाले च्यापीएर दुई जना विद्यार्थीको मृत्यु भएको छ । मृत्युु हुनेमा सवैलाई नगरपालिका १२ का महेन्द्र सदाका ८ वर्षिया छोरी प्रतिमाकुमारी सदा र चन्द्रेश्वर सदाको ७ वर्षिय छोरा अरबिन्द सदाको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो ।

धनुषाको सबैलाई नगरपालिका १२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुवै जना विद्यार्थीको च्यापिएर गंभिर घाईते हुनुभएको थियो । घाइते दुवैको उपचारका लागि नरसिंहहोममा लैजादैगर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।

दुबै जना विद्यार्थीको टाउकोमा गंभिर चोट लागेर अत्यधिक रक्तश्राव भएका कारणले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । रातिदेखि चलेको हावाहुरीले धनुषासहित मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ । त्यसैगरि धनुषामा हावाहुरीका कारणले भएको क्षतिको तथ्याङ्क संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।