खुला |

४३ वर्षपछि तनहुँको छिम्केश्वरी डाँडामा हिमपात

अमरराज नहर्की
तनहुँ, माघ २२ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा स्थित छिम्केश्वरी डाडाँमा ४३ वर्षपछि हिमपात भएको छ ।

डाँडामा रहेको छिम्केश्वरी मन्दिर त्यस वरपर हिउँ परेर सेताम्य भएको आँबुखैरेनी–५ का वडाअध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो । हिउँ परेपछि आन्तरिक पर्यटक तथा सो डाँडा आसपासका वस्तीमा मानिसहरु हिउँ खेल्नको लागि भीड लागेकोे जानकारी दिनुभयो । हिमपात भएको क्षेत्रमा मानव बस्ती नभएकाले कुनै असर नपरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

बिहीबार राति र शुक्रबार बिहान हिउँ परेपछि सो क्षेत्र मनमोहक भएको उहाँले जानकारी दिनुभयो । छिम्केश्वरी डाडाँ सेताम्मे भएकोले हिउँमा खेल्नको भीड लागेको वडाअध्यक्ष गुरुङले भन्नुभयो । छिम्केश्वरी समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर छ । यो तनहुँको सबैभन्दा अग्लो डाँडा हो ।