गण्डकी प्रदेश सभाको चौथो वार्षिकोत्सव सम्पन्न
होमराज रानाभाट
पोखरा, माघ २२ गते । गण्डकी प्रदेश सभाले शनिबार चार बर्ष पूुरा गरेको अबसरमा वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड पालन गरी जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणमा ठूलो योगदान पु¥याएको बताउनुुभयो । ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ’ उहाँले भन्नुभयो ।
डा. भटटराईले संघीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको भन्दै केन्द्रमुखी भावनाले संघीयता कमजोर बनेको बताउनुुभयो । ‘संघ सरकार अधिकार दिन चाहेको छैन, जुन विकासको वाधक बनेको छ, प्रदेश पनि केन्द्रमुखी देखिएको छ’ उहाँले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘प्रदेशले समेत संघको, केन्द्रको मुख ताकेको देखिएको छ, प्रदेशले शक्तिको प्रयोग गर्ने अभ्यास गर्ने हो, अधिकार प्रयोग गर्ने हो, तत्कालीन अञ्चलाधीश र बडाहाकिमजस्तो व्यवहार अब देखिनु हुँदैन ।’
केन्द्रले कानुन नबनाइदिएका कारण प्रदेशले कानुन बनाउन नपाएकोबारे आफूहरु गम्भीर रहेको डा भट्टराईको भनाई छ । सुरुआती अवस्थामा जे भएपनि अब ४० प्रतिशत संघ, ६० प्रतिशत रकम प्रदेश र स्थानीय तहमा जानुपर्ने डा भटटराईको सुझाव छ । ठूला पूर्वाधार बनिसकेपछि केन्द्रमा २० र तल ८० प्रतिशत बजेट बिनियोजन हुनुपर्ने उहाँले बताउनुुभयो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकको तीन तहका सरकार स्थापनासँगै राज्यले नागरिकको नजिक पुग्ने प्रयास गरेको बताउनुुभयो । नागरिकले पनि सहजरुपमा नजिकैबाट सेवा पाएको भन्दै उहाँले प्रदेशले आफूलाई मजबुत गर्र्दै केन्द्रमा मात्र केन्द्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुुपर्नेमा जोड दिनुुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभा अस्तित्वमा आएपछिका चार वर्ष सफलतापूर्वक अघि बढेको बताउनुुभयो । सबै सदस्यहरुको अनुभव प्रयोग गर्दै सरल तरिकाबाट प्रदेशको नामकरण र राजधानी घोषणा गरेर गण्डकी प्रदेशले परिपक्वता देखाएको मुुख्यमन्त्रीको भनाई छ ।
कतिपय अवस्थामा भएका कमी कमजोरी सच्याउँदै संघीयतालाई थप मजबुत बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । विशेष बैठक, साझा संकल्प प्रस्तावका अतिरिक्त संसद बैठक अवरुद्ध हुँदा वार्तामार्फत सहमति गरेर अगाडि बढने काम संसदबाट भएको उहाँले बताउनुभयो ।
सभामुख नेत्रनाथ अधिकारीले शून्यबाट उठेर प्रदेश सभाले चार वर्षको अवधिमा ठूलो उपलब्धि हासिल गरेको बताउनुभयो । काम गर्ने सन्दर्भमा भएका कमजोरी सुधार गर्दै प्रदेश सभा अगाडि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा संविधान सभा सदस्य खीमलाल देवकोटा, पूर्वमन्त्री एकनाथ ढकालले असल नजीर स्थापना गरी भावी पिंढीले स्मरण गर्नेगरी काम गर्न शुभकामना दिनुुभयो । संविधान सभा सदस्य डा. भीष्म अधिकारीले संघीयता अझै शैशवकालमा रहेकाले धेरै कानुनहरु बनेपनि कार्यान्वयन हुन बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरी, प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले पनि मन्तव्य व्यक्त गर्नुभयो । यसअघि तीन तहको निर्वाचन सकिए लगत्तै २०६४ माघ ७ गते प्रदेश सभा सदस्यहरुको सपथग्रहण भएको थियो भने माघ २२ मा पहिलो बैठक बसेको थियो । यस अवधिमा आठ अधिवेशन र दुुई वटा विशेष अधिवेशन भएका छन् ।