मौसममा आजदेखि सुधार हुने
काठमाडौँ, माघ २३ गते । पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ ।
देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामाभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
सोमबार प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव तीन डिग्री र सबैभन्दा धेरै डोटीको दिपायलको अधिकतम तापक्रम १९ दशमलव तीन डिग्री सेल्सियस छ ।