खुला | प्रदेश |

बिचल्लीमा परेका बालबालिकालाई सहयोग

मुकुन्द सुवेदी
बर्दिया, माघ २४ गते । आमाले घर छाडेर हिँडेपछी बिचल्लीमा परेका गुलरिया नगरपालिका ६ दीपेन्द्रनगर टोलका ४ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ । चार सन्तानकी आमा शान्ति घर्तीले एक महिनाअघि घर छाडेर हिँडेपछि बालबालिकाहरु बिचल्लीमा परेका थिए ।

बालबालिकाहरु बिचल्लीमा परेको समाचार स्थानीय सञ्चार माध्यममा आएपछि गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखा र युनेस्को क्लब बाँकेको सहयोगमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको हो ।

चार बालबालिकाहरु १५ वर्षीया पिंकी घर्ती, १३ वर्षीय अमृत घर्ती, बाैद्धिक अपाङ्गता भएका ६ वर्षीय अर्जुन घर्ती र ४ वर्षीया बबिता घर्तीलाई ओढ्ने ओछ्याउने विस्तारा, कम्बल, खाद्यान्न, लगाउने कपडा प्रदान गरिएको गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरीले जानकारी दिनुभयो ।

जाडो समयमा बालबालिकाहरु खान र न्यानो लगाउन नपाई बिचल्लीमा परेको थाहा पाएपछि घरमै पुगेर सामग्री हस्तान्तरण गरेको उहाँले बताउनुभयो । घर छाडेर हिँड्नुभएकी शान्ति घर्तीका श्रीमानले उहाँको खोजी गरिदिन आग्रह गरेका छन् ।