सामान चोरी अभियोगमा दुई जना पक्राउ
काठमाडौं, माघ २५ गते । विभिन्न सामान चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका–८ तल्लो भंगालस्थित सडकमा ठेला रिक्सामा चोरी गरेको फलामको सेफ र ४२ इन्चको सोनी टिभिसहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु डेरा गरी बस्ने रौतहट चन्द्रपुर नगरपालिका–७ घर भएका ३० वर्षीय अलि अक्तर मन्सुर र सोही ठाउँ बस्ने १९ वर्षीय आकास चौधरी रहेका छन् ।