खुला |

नेपाल–भारत मैत्री धर्मशाला सञ्चालनमा कुनै अवरोध नपु-याउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं,फागुन १ गते । उच्च अदालत पाटनले नेपाल–भारत मैत्री धर्मशाला सञ्चालनमा कुनै अवरोध नपु-याउन पशुपति क्षेत्र विकास कोषलगायतका सरकारी निकायलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
आइतबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नरिश्वर भण्डारीको इजलासले विपक्षी पशुपति क्षेत्र विकास कोषलगायतका निकायमाथि  अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका उपरजिष्ट्रार अम्रिता शर्माले जानकारी दिनुभयो ।