खुला |

११ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं, फागुन ३ गते । सरकारले ११ जना सहसचिवहरुको सरुवा गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिव सरुवा गरेको हो ।
मन्त्रालयले खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । त्यस्तै, सेवन्तराज दाहाललाई निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
यसैगरी बिनु बज्राचार्य कुँवरलाई राष्ट्रि सतर्कता केन्द्रमा पठाइएको छ । साथै बाबुराम गौतमलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्ता समूहमा, लिलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, डा. राम नन्दन तिवारीलाई कृषि तथा पशुपन्छि विकास मन्त्रालय र कृष्णप्रसाद काप्रीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ ।