खुला |

प्रेस चौतारी गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा सापकोटा


काठमाडौं, फागुन ६ गते । प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखामा पत्रकार नगेन्द्र सापकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी चयन भएको छ । शाखाको आज भएको भेलाले सापकोटाको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष समावेशीमा अर्पणा अधिकारी, सचिवमा सपना थामी, सहसचिवमा मनोजरत्न शाही, सहसचिव समावेशीमा बिनु श्रेष्ठ र कोषाध्यक्षमा दीपा चौधरी चयन हुनुभयो ।

सोहीअनुसार कमिटीको सदस्यहरुमा सुमन आचार्य, सागर बस्नेत, केशव गुरुङ, लीलाराज अधिकारी, गिरिराज चौधरी र महिमा देवकोटा चयन हुनुभयो । सोहीअनुसार केन्द्रीय प्रतिनिधिमा अजय शर्मा र सविता शर्मा चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा लीलाधर उपाध्याय सर्वसम्मत चयन हुनुभयो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शपथ ग्रहण गराउनुभयो । सो अवसरमा उहाँले सङ्गठनप्रति प्रतिबद्ध भएर काम गर्न नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्देश गर्नुभयो । गोरखापत्र प्रतिष्ठान शाखामा चौतारी निकट पत्रकारले राम्रो काम गरिरहेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सोहीअनुसार सङ्गठनका वरिष्ठ उपाध्यक्ष माधवकुमार नेपाल, प्रदेश प्रतिष्ठानका अध्यक्ष मोहन बाँस्तोला, निर्वाचन मण्डलका संयोजक केपी गौतम, सदस्य लक्की चौधरी, चौतारी प्रतिष्ठानका सह इन्चार्ज सरोज ढुङ्गेल, प्रकृति अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्यहरु छेटु शेर्पा, कविता थापा, प्रतिष्ठान शाखाका पूर्व अध्यक्ष अजय शर्मालगायतको सहभागिता थियो ।