खुला |

नेपाल निजामति कर्मचारी युनियनको नेतृत्वमा युवाको दावी

 

काठमाडाैं, फागुन १४ गते । नेपाली काङ्गेसनिकट नेपाल निजामति कर्मचारी युनियनको आठौँ अधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा हुने क्रम तीव्र छ। अध्यक्षमा वर्तमान अध्यक्ष गोपाल पोखरेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदै गर्दा उपाध्यक्ष महासचिव र सचिवलगायत पदाधिकारीमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ।

महासचिव पदमा दुर्गाप्रसाद फुँयालले दावेदारी प्रस्तुत गरिरहँदा खुल्ला चार तथा युवा एकसहित समावेशीतर्फ जम्मा सातसीट रहेको सचिव पदमा आठौँ अधिवेशनका आठ कार्यभारको अवधारणा प्रस्तुत गर्दै वर्तमान केन्द्रीय सदस्यहरु जगतबहादुर पाठक र कुलप्रसाद भट्टराई तथा अतिरिक्त क्रियाकलाप विभागका सदस्य सूर्यप्रसाद चापागाईंले उम्मेदवारी गर्नुभएकाे छ।

नेपाल निजामति कर्मचारी युनियनको आठौँ अधिवेशन यही फागुन २१ देखि २३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुने तय भएको छ।