संसद् भवन नजिकै शङ्कास्पद वस्तु फेला, अनुसन्धान गर्दै प्रहरी
कठमाडौं, फागुन १६ गते । नयाँ बानेश्वरमा संसद् भवन नजिकै एक शङ्कास्पद वस्तु फेला परेको छ ।
प्रेसरकुकर जस्तो देखिने सो वस्तु सडकमा देखिएपछि अहिले त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन(एमसीसी) संसदबाट अनुमोदन भएपछि केही राजनीतिक दलले त्यसको विरोधमा आज नेपाल बन्दको आह्वान गरेको र सोही क्रममा जनजीवन प्रभावित पार्न सो वस्तु राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।