खुला | प्रदेश |

सहमतिपछि कैलाली काँग्रेसको मतगणना कार्य सुरु

अविनाश चौधरी
धनगढी, फागुन १६ गते । नेपाली काँग्रेस कैलालीको मतगाणना सुरु भएको छ । मतगणना सुरु गर्न तोकिएको समयभन्दा पाँच घण्टा ढिलो गरेर सभापतिका उम्मेदवारको मतगणना गर्न थालिएको हो ।

विहान १० बजेदेखि मतगणनाा गर्ने भनिएको थियो । तर सभापतिका उम्मेदवारबीच सहमति जुट्न नसकेपछि पौने ३ बजेबाट मात्रै ढिलोगरी मतगणना कार्य सुरु गरिएको छ । उम्मेदवारबीच मतगणनाको विषयमा सहमति जुट्न नसकेका कारण ढिलो गरेर मतगणनाको काम सुरु गरिएको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो । सभापतिको मतगणना सकिएपछि मात्रै अरु उम्मेदवारको मत गणना गरिने काँग्रेस कैलालीले जनाएको छ ।

सभापति पद्का लागि निवर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट र संस्थापन इतर पक्षबाट रामबहादुर कलेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिनु भएको छ ।