खुला | प्रदेश |

दिपु र तेगा जोड्ने पुल निर्माण भएन


चित्र मिजार
सिन्धुपाल्चोक, फागुन १८ गते । जुगल गाउँपालिका–३ को विकट गाउँ दिपु र तेगा जोड्ने नेशम खोलामा वषौंदेखि पुल निर्माण भएको छैन । पुल निर्माण नभएका कारण वर्षेनी नेशम खोला तर्ने क्रममा स्थानीयको ज्यान गइरहेको छ ।

पुल नभएका कारण उक्त गाउँबासी उक्तै थुनिएर बस्नुपरेको थियो । तर स्थानीयले सो खोलामा काठको फड्के हालेका छन् । जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले सो खोलाको फड्के तर्ने क्रममा जुगल गापा–३ की पासाङल्हामु शेर्पाकी नौ महिने छोरी डोल्माछिरिङ फड्केबाट खसेर बेपत्ता भएका थिए ।
गत वर्षामा पनि सोही खोला तर्ने क्रममा जुगल गाउँपालिका–तेम्बाथान गाउँका ४० वर्षीय छिमिग्याम्जो लामा (टाउके) को बगाएर मृत्यु भएको डिएसपी बस्नेतले बताउनुभएको छ । सो खोला तर्ने क्रममा कैयौं स्थानीयलाई बगाएको छ ।

जनप्रतिनिधि चुनिएको पाँच वर्ष बित्नै लाग्दा समेत सो खोलामा झोलुङ्गे पुल बन्न सकेको छैन । गुम्बा गाउँसम्म सडकको ट्रयाक खनिए पनि उक्त सडकको मर्मत, सुधार हुन सकेको छैन । गुम्बाबाट दिगु र तेगा गाउँ पुग्ने ट्रयाक खनिएको छैन । भीरैभीरमा अति सानो गोरेटो बाटोको माध्यमले दिपु र तेगा पुग्न तीन दिन लाग्छ । जङ्गल र भीरको गोरेटो बाटो हुँदै दिगु र तेगा जानुपर्ने भएकाले कतिपय स्थानीयको लडेर पनि ज्यान जाँदै आएको छ ।

दिगु र तेगााका स्थानीयले जुगल गाउँपालिका, वडा, प्रदेश र केन्द्रीय सरकारलाई उक्त खोलामा झोलुङ्गे पुल वा पक्की पुल निर्माण गरिदिन कयौं पटक आग्रह गरेका थिए । सिन्धुपाल्चोकका सङ्घीय सांसद, प्रदेश सांसद, स्थानीय सरकारका जनप्रतिनिधि, राजनीतिक दलका नेता, जिल्ला समन्वय समिति र विभिन्न निकायलाई पुल निर्माण गरिदिने गरिएको आग्रह कसैले वास्ता नगरेको स्थानीय अगुवा साइँला शेर्पाले दुःखसो सुनाउनुभयो । तर खोलामा तुइन हालिपछि तुइनले वर्षेनी हुने मृत्यु रोक्न र स्थानीयलाई आउजाउ गर्न सहजता मिलेको उहाँको दाबी छ ।