दमौली बजारमा लागेको आगाे नियन्त्रणमा (भिडियाे सहित)
अमरराज नहर्की
तनहुँ, फागुन २२ गते । तनहुँको सदरमुकाम दमौलीमा पर्ने व्यास नगरपालिका–४ मेनरोडमा लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ । भुपाल हार्डवर्यरबाट आईतबार विहान १० बजेबाट सुरु भएको आगो आईतबार दिउँसो २ः३० वजे नियन्त्रणमा आएको हो । आगोलागीबाट ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करीव एक दर्जन घरमा क्षति पुगिको थियो ।
आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको सिम्रिक एयरको हेलिकप्टर लिएर दमौलीमा आउनु भएको थियो ।
हेलिकप्टरको प्रयोग विना आगो नियन्त्रण लिन असम्भव भएको खबर पाएपछि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडसँग समन्वय गरी हेलिकप्टर लिएर आएको मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री परिषदको वैठकबाट अग्नी पीडितको राहतको लागि पहल कदमी गर्ने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । ‘म तनहुँवासी भएकोले आगो नियन्त्रणको स्वएम् उपस्थित भएर हेलिकप्टर लिएर आएको हुँ’ मन्त्री श्रेष्ठले भन्नुभयो । क्षतिको अवस्थाको जानकारी लिन र पीडितलाई शान्त्वना दिनको लागि दमौलीमा आएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
हेप्लीकप्टरका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा व्यास नगर प्रहरी परिचालन गरेको आगो नियन्त्रण गरिएको थियो । विहान १० बजे लागेको आागो दिउँसो २ः३० वजेबाट नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । ७ वटा घरमा आगोले क्षेती पु-याएको र आगो निभाउनको लागि चार वटा टहरा डोजरले भत्काउनु परेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । आगाडिको भागमा रहेको समान सुरक्षाकर्मी तथा स्थानीय वासिन्दाले सुरक्षित गर्ने काम गरिरहेका छन् । विद्युत सट भई आगो लागि भएको अनुमान प्रहरीको छ । आगोलागि भएपछि दमौलीको विद्युत सेवा अवरुद्ध भएको छ ।