श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ
नवलपरासी पूर्व, फागुन ३० गते । श्रीमानको हत्या अभियोगमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ६५ वर्षीय श्रीमान चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।