खुला |

बस दुर्घटनामा बालकको मृत्यु


सुजल श्रेष्ठ
प्यूठान, चैत ५ गते । शनिबार बिहान बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दाङको अमारेबाट प्युठान माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ हुँदै दाङको घोराही जाँदै गरेको बस दुर्घटना हुँदा बालकको ज्यान गएको स्थानीय हेमराज अधिकारीले जानकारी दिनुभयो ।
मृतक बालककोे सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । ६ जनाको अवस्था गम्भीर रहेको तिराम प्रहरी चौकीका इन्चार्ज गणेश बिसीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते सबैलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचार पश्चात घोराही पठाइएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार गम्भीर घाईतेलाई एम्बुलेन्समा र सामान्य घाईतेलाई बसमा अस्पताल पठाइएको छ ।
स्वर्गद्धारी गौमुखी यातायात प्रालिको ना ३ ख ७१७२ नम्वरको बस बिहान करिब साढे दश बजे माण्डवी गाउँपालिका वडा नं. २ स्थित पिपलछेडामा दुर्घटना भएको हो । बस सडकबाट झण्डै ३० मिटर तल खसेको स्थानीय हेमराज अधिकारीले बताउनुभयो । घटनास्थलमा तिराम प्रहरी चौकी र कमेरपानी प्रहरी चौकीबाट प्रहरी पुगेर घाइतेको उद्धार गरेको थियो ।