खुला | समाज |

कुवामा डुबेर महिलाको मृत्यु


अमरराज नहर्की
तनहुँ, चैत ६ गते । तनहुँमा एक महिला कुवामा डुबेर मरेको अवस्थामा फेला परेको छ । भिमाद नगरपालिका– ३ माझकोट पीपल भञ्ज्याङमा स्थानीयले पानी खाने कुवामा पानीको कुवामा डुबेर ४६ वर्षीया यमकुमारी थापाको मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको कुवामा पानी भर्न गएकी थापाको सोही कुवामा डुबेर शनिबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।