शारीरिक असक्तलाई सहायता सामग्री वितरण
धनगढी, चैत ६ गते। अपाङ्गताका कारण हिँडडुलमा समस्या भोगिरहनु भएकी धनगढी उपमहानगरपालिका‐२ कि विष्णुदेवी गुरुङले आइतबार ह्वील चिअर् पाउँदा खुसीका आँसु झरे। उहाँले ह्वील चिअर्ले हिँडडुल गर्न सजिलो हुने अपेक्षा गर्नुभएको छ। उहाँलाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ह्वील चिअर् हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा ट्वाइलेट पुग्न समस्या भोगिरहनु भएकी भानुदेवी पार्कीले अब ट्वाइलेट जाँदा सहज हुने सामग्री पाउनु भएको छ। धनगढी वडा नम्बर २ का विष्णुदेवी र भानुदेवी सहितका २५ जनाले यूएसआइडीको सहयोगमा फेज नेपाल र स्वालम्बन जीवन पद्धति केन्द्र ललितपुरद्वारा सञ्चालित नेपालमा स्वालम्बी जीवन पद्धति अवधारणाको विस्तार र सुदृढीकरण अन्र्तगत पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्तिका लागि निःशुल्क सहायता सामग्री वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरका प्रमुख वडले कोरोनाका कारण अपाङ्गता भएकालाई सक्दो सहयोग गर्न नसकेको बताउदै सहयोगका लागि दात्तृ संस्थासँग आग्रह गर्नुभयो।
कार्यक्रममा धनगढी वडानम्बर १४ मा किराना पसलका लागि २५ हजार, वडा नम्बर ७ मा बंगुर पालनका लागि २० हजार र वडा नम्बर ३ मा भैंसी पालनका लागि ३५ हजार रुपियाँ अपाङ्गता भएका १÷१ जनालाई सहयोग गरिएको स्वालम्बन जीवन पद्धति केन्द्र कैलालीका अध्यक्ष भीमबहादुर शाहले बताउनुभयो।