खुला | प्रदेश |

आगलागीमा परी युवक घाइते

बेलिना थापा
लमजुङ, चैत १० गते । लमजुङमा आगलागी हुँदा एक युवक घाइते हुनुभएको छ । बेँसीसहर नगरपालिका १० खासुरबेंसीका आईतबहादुर गुरुङको घरमा डेरा गरी बस्दैआएका चंखबहादुर गुरुङले घर पछाडि रहेको भान्सामा आगलागी हुँदा स्थानीय २९ बर्षीय नविन गुरुङ घाइते हुनुभएको हो ।

खाना पकाउने क्रममा खाना पकाउने ग्याँस सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको बताइएको छ । आगो निभाउन जाने क्रममा गुरुङ घाइते हुनुभएको हो । उहाँको हातखुट्टा, पेटमा आगोले पोलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा उपचार हुन नसकी कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो ।

स्थानीय र प्रहरीको प्रयासमा आगो अहिले नियन्त्रणमा आएको छ । आगलागीबाट करिव २५ हजार रुपियाँ क्षति पुगेको प्रारम्भिक अनुमान छ । भान्सा जलेर नष्ट भएको छ । आगलागी घटना बिहीबार विहान १० बजेतिर भएको प्रहरीले जनाएको छ ।