रुकुम पश्चिममा एक युवकको शव भेटियो
राजु लामिछाने
रुकुम पश्चिम, चैत १२ गते । जिल्लाको मुसिकोट नगरपालिका १ पातुखोलामा एक युवकको शव भेटिएको छ ।
बाँफिकोट गाउँपालिका वडा नम्वर ८ घर भएका अन्दाजी १७ वर्षका करण पुन मगरको शनिबार विहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार पालुखोलामा रहेको बंगुर फर्मभन्दा माथिको भीरमा उनको शव भेटिएको हो । भीरबाट खसेर ज्यान गएको हुन सक्ने उहाँले बताउँनुभयो ।
पातुखोलास्थित फुपुको घरमा बस्दै आएका करण १० गते देखि हराएका थिए । कक्षा १० मा अध्ययनरत करणको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा लिने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।