डढेलो लाग्नुमा ९८ प्रतिशत मानवीय कारण
दीपा चौधरी, दृश्यमा मनोजरत्न शाही /केशब गुरुङ्ग
काठमाडौं, चैत १३ गते । नेपालमा एक वर्षको अवधिमा ६ हजार ७३२ ठाउँमा (डढेलो) आगलागी भएको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांकले देखाउँछ । ढडेलो लाग्नुमा ९७ ९८ प्रतिशत कारण मानिसको लापरबाहीबाट हुने गरेको पाइन्छ ।
मानिसले चुरोट खाएर जहाँपायो त्यहीँ फाल्ने प्रवृतिले यो समास्या देखिएको वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा.राजेन्द्र केसी बताउनुहुन्छ ।
उहाँका अनुसार मानिसहरु मेलापात जाँदा, हिँड्दा, गाडीलगायतका साधानमा यात्रा गर्दा चुरोट खाएर थुटो वनको बाटोमा फाल्ने गर्दा विभिन्न ठाउँमा आगलागी हुने हुन्छ । यस्तो आगो भएको चुरोटले धेरै नोक्सानी गर्छ ।
नेपालमा करिब ४५ प्रतिशत क्षेत्रमा वन छ । गर्मी मौसाममा अझ बढी आगलागी हुने हुँदा नेपालको तराई क्षेत्र डढेलोले बढी प्रभावित हुन्छ । यसका लागि आम मानिसमा जनचेतनाको विकास हुन जरुरी रहेको महानिर्देशक केसीले बताउनुभयो ।
उहाँका अनुसार वर्षेनी डढेलो लाग्नु राम्रो हो । तर क्षति हुनु भएन । प्रत्येक वर्ष डढेलो लागेमा क्षति कम हुने हुन्छ । यसले सुकेको पातको तह बढ्ने सम्भावना कम हुन्छ ।
दुई–चार वर्षपछि आगलागी भएमा त्यसले ठूलो जनधनको क्षति हुने अवस्था आउन सक्ने हुँदा वर्षेनी डडेलो लाग्नु सकारात्मक कुरा रहेको उहाँको भनाइ छ । सुकेर झरेको पातको तह बढी भएर ठूलो आगलागीको सम्भावना ठूलो रहन्छ ।
नेपालमा भएको वन डढेलोको पहिचान र निगरानीका लागि मोडिस–भिर्स भुउपग्र प्रयोग गरिएको छ । यो प्रविधिले नेपालभर विगतमा भएका तथा तत्काल आगलागीका घटनाहरुको जानकारी दिने गर्छ । यसका साथै वन विभाग र विभिन्न डिभिजन कार्यालयका सम्बन्धित मानिसलाई एस.एम.एस. र इमेलको माध्यमबाट जानकारीसमेत दिन्छ ।
यसरी मानिसहरुले आगलागीका कारण, मानविय, पशु, तथा धनजनको क्षतिको विवरण पनि राख्न सक्ने हुन्छन् । जिम्मेवार मानिसले प्राप्त सूचनाको आधारमा आगो नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गर्न सकिनेमा यो प्रविधिले सहयोग गर्ने गरेको छ ।