सप्तरीमा चार लाख १२ हजार भन्दा बढी मतदाता कायम
देवराम प्रसाद यादव
सप्तरी, चैत १५ गते । आउँदो वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ४ लाख १२ हजारभन्दा बढी मतदाता कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा ४ लाख १२ हजार ४ सय ४५ जना मतदाता कायम भएका छन् । जसमा दुई लाख १३ हजार ८ सय ९२ जना पुरुष, एक लाख ९८ हजार ५ सय ३२ जना महिला र २१ जना तेस्रो लिङ्गी रहेको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
सूचनानुसार जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा १८ हजार ९ सय ३७ जना, कन्चनरुप नगरपालिकामा ३५ हजार ३ सय ९ जना, खडक नगरपालिकामा ३१ हजार ३६ जना, छिन्नमस्ता गाउँपालिकामा १७ हजार ७ सय ५७ जना, डाक्नेश्वरी नगरपालिकामा २८ हजार ४ सय ३५ जना रहेका छन् ।
त्यस्तै, तिरहुत गाउँपालिकामा १४ हजार ६ सय ५४ जना, तिलाठी कोइलाडीमा गाउँपालिकामा १९ हजार ६ सय ४१ जना, राजगढ गाउँपालिकामा १८ हजार ५ सय ६० जना मतदाता रहेको जनाएको छ ।
त्यस्तै, बोदे बरसाईन नगरपालिकामा २७ हजार ६ सय ५५ जना, महदेवा गाउँपालिकामा १६ हजार ८ सय ५० जना, राजविराज नगरपालिकामा ३९ हजार ६ सय ९२ जना, रुपनी गाउँपालिकामा १८ हजार १ सय ६५ जना, बलान बिहुल गाउँपालिकामा १४ हजार ४ सय १८ जना, विष्णुपुर गाउँपालिकामा १५ हजार ६७ जना, शम्भुनाथ नगरपालिकामा २३ हजार ८ सय ६३ जना, सप्तकोशी नगरपालिकामा १५ हजार ४ सय ६१ जना, सुरुंगा नगरपालिकामा २९ हजार ५१० जना र हनुमाननगर कंकालिनी नगरपालिकामा २७ हजार ४ सय ३५ जना रहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।