खुला | प्रदेश |

गोरखापत्रकर्मी पराजुली सम्मानित

नारायणगढ समाचारदाता
भरतपुर, चैत १९ गते । ह्याचरी संघ बागमति प्रदेश समितिले गोरखापत्रकर्मी बसन्त पराजुलीलाई सम्मानित गरेको छ । संघको तेस्रो साधरण सभामा पशु सेवा विभागका महानिर्देशक डा. रमानन्द तिवारीले नगदसहित सम्मानपत्रले सम्मानित गर्नुभएको हो ।

ब्यवसायिक कुखुरापालन र यसको विकासमा समाचारका माध्यमवाट पराजुलीले गर्नुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो । सम्मानपत्र, दोसल्लासहित नगद सात हजार पाँच सय रुपियाँले पराजुली सम्मानित हुनुभएको हो ।

पराजुली विगत दुई दशकदेखि चितवनमा रहेर गोरखापत्रमार्फत् पत्रकारिता गर्दै आउनुभएको छ । संघको साधारण सभाले परशुराम अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ प्रदेश स्तरिय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मनोज रानाभाट, सचिवमा शिवराज उप्रेती, कोषाध्यक्षमा हरिकृष्ण खराल र सहसचिवमा पुरु खनाल रहनु भएको छ ।