खुला | प्रदेश |

जङ्गली च्याउ खाँदा १० जना बिरामी

अमरराज नहर्की
तनहुँ, चैत २० गते । जङ्गली च्याउ खाँदा तनहुँमा दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका –३ धयेरे बस्ने ४६ वर्षीय पार्वती थापा र सोही स्थान निवासी २४ वर्षीय सरिता थापाले नजिकको जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका सदस्यसहित बिरामी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्का २७ वर्षीय सविता थापा, ६ वर्षकी जेनिसा थापा, ४५ वर्षकी पदुमाया मगर, ४ वर्षका जेन्स थापा बिरामी हुनुभएको छ ।

त्यसैगरी २२ वर्षका सुमन थापा, ६ वर्षका प्रिन्स थापा, २४ वर्षकी सरिता थापा र ४७ वर्षका पदम थापा पनि बिरामी परेको प्रहरीले जनाएको छ । बिरामीहरुको दमौलीस्थित व्यास नगर हस्पिटलमा प्रारम्भिक उपचार गरी गण्डकी अस्पताल पोखरामा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।