खुला | प्रदेश |

साकेला पार्कमा बाबु पोखरीको शिलान्यास

निशा राई
धरान, चैत २१ गते । धरान ११ स्थित साकेला सांस्कृतिक पार्कमा बाबु पोखरी निर्माण हुनेभएको छ । किरात राई समुदायको सांस्कृतिक सामग्री बाबुको आधारमा करिब ५ फिट लम्बाइ र आरसीसी ढलानसहितको बाबु पोखरीको आइतबार शिलान्यास गरिएको हो ।

धरान १० पुतलीलाइन घर भई हाल काठ्माडौं निवासी शोभा राई (गुरुआमा) को सहयोगमा करिब ६ लाख रुपियाँ नगदमा तयार हुन लागेको किँरात राई यायोख्या सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो । किँरात राई संस्कारबाट शोभा राईका भाइ युवराज राई र बुहारी रुपा राईको हातबाट बाबुको शिलन्यास गरिएको छ । आउँदो महान् चाड साकेला उँभौलिको अवसरमा सो पोखरीको उद्घाटन गरिने किरात राई यायोख्या सुनसरीका अध्यक्ष राईले बताउनुभयो ।