खुला | प्रदेश |

चैतै दशैँ मनाएर घर फर्केका एक पुरुषकाे शव फेला


सुजल श्रेष्ठ
प्युठान, चैत २७ गते । चैते दशैँ मनाएर ससुरालीबाट फर्किएका एक पुरुष मृत फेला परेका छन् । ससुराली गौमुखी गाउँपालिका–५ खुङबाट आफ्नो घर गौमुखी गाउँपालिका–७ नारिकोट फर्किँदै गरेका ४५ वर्षीय धनबहादुर रोका बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

रोका ढ्वाटेखोला नजिकै बाटोदेखि अन्दाजी १० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार साँझ श्रीमतीसँगै फर्किएका रोका श्रीमतीको पछिपछि हुनुहुन्थ्यो ।

श्रीमती घर पुग्दासमेत धेरैबेर नआएपछि खोज्ने क्रममा मृत फेला परेको उहाँले जानकारी दिनुभयो । शनिबार राति साढे १२ बजे मृत अवस्थामा भेटिएको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।