खुला |

ओखलढुङ्गामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

राजकुमार भट्टराई
खोटाङ, चैत ३० गते । ओखलढुङ्गामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जीप बुधबार बिहान साढे ९ बजे मानेभञ्ज्याङ गाउँपालिका–६ भँडारे खोला नजिकै जीप दुर्घटना भएको हो ।

नौ जना सवार जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनामा परी घाइते भएकाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

सवारी नम्बर, मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।