विचार/दृष्टिकोण |

फलिफापबाटै अभिशाप

अशोक शोकी

भौतिक सुविधा साथमा लिएर विकास अगाडि बढेको छ । भौतिक सुविधाले मात्र आत्मामा शान्ति नहुने भएर शारीरिक सुखदेखि पर मनुष्यमा मानसिक चिन्ताले छोडेको छैन । जन्मनु ठूलो अवसर हो । मनुष्य भएर जन्मेर यो सृष्टिको दर्शन गर्न पाउनु ठूलो भाग्य हो । जन्मेर उपादेयताबाट जिउनु अझ ठूलो अवसर हो । किनभने जीवनको वास्तविक तथ्यपूर्ण उद्देश्य श्रेष्ठ बनाउनलाई हो । जीवन जन्मेर जिउनुमात्र होइन, जन्मेपछि बाँचुन्जेल सबै जिइरहेकै हुन्छन् । अर्थपूर्वक प्रेरणादायकले विभूति पुरुष भएर जिउन कोही–कोहीमात्र सफल भएका छन् । जीवनमा बाजी जित्ने हाम्रो हातमा छैन तर बाजी थाप्ने हाम्रो हातमा छ ।
देवता भएर पनि परिस्थितिले गर्दा राम भगवान्लाई पनि वनवास जानुप¥यो । वनवासमा सुनको हरिण देखेपछि विनासकालमा विपरीत बुुद्धिले भगवान् रामलाई पनि तृष्णा जाग्यो । सुनको जीवित हरिणको पछाडि लाग्दा सीताको हरण भयो । सुनको जीवित हरिण न कसैले बनाएको थियो न कसैले बनाउनेछ तर पनि भ्रान्तिवश यो कसैको छल हो भनी भगवान्को विचारमा आएन । लोभ दुर्गुण भएकाले अन्य अवगुण जरुरत पर्दैन । त्यही कारण अनेकौँ कष्ट सहेर युद्धसमेत गर्नुप¥यो । यस्तै अहिलेको समाजमा लोभ, मोह, सुकेका झारमा आगोको राँकोभैmँ व्यापक रूपमा सल्किरहेका छन् । नीच स्वभाव हाबी छ । अज्ञानीहरू अरूको उन्नति हेर्न नसकेर दुर्भावनामा डुबेर प्रगतिलाई दुर्गतिका भाषा बोल्छन् । सत्यता अँगालेर जीवन निर्वाह गर्ने सत्पुरूष विलीन भएर गएका छन् ।
जो व्यक्ति सत्यमा छ, उसलाई तपस्याको जरूरी छैन । सत्यमा हिँड्ने, बोल्ने गर्नेलाई अश्वमेध यज्ञ गरेको फल मिल्छ भन्ने ऋषिमुनिहरूको भनाइ छ । सत्यमा निरन्तरता दिन अति नै कठिनाइ छ, बाधा–अड्चन निकै आउने भएकाले धर्मराज युधिष्ठिर पनि चुक्नुप¥यो । अन्तरआत्मा शुद्ध भएपछि मात्र शुद्धतालाई कायम राख्न सकिन्छ, आत्मा शुद्धताको परमात्मासँग सम्बन्ध हुने भएकाले आत्मा शुद्ध गर्नेले तीर्थ गइरहनु पर्दैन, उसले निर्मल आकाशझैँ प्रसन्न चित्तले आनन्द लिन सक्छ । छलकपटरहित हुनाले सत्य र इमानदारीमा सजग भएर धर्ममा आस्था हुन्छ । धर्मको चेष्टाले नैतिक चरित्र असल हुन्छ । त्यस्ता सज्जन व्यक्तिका लागि अन्य गुणको आवश्यकता पर्दैन । गुणले भरिएको महाज्ञानीको सुकीर्ति र प्रतिष्ठा बढेको हुन्छ ।
महाज्ञानीलाई राम्रा आभूषण र धन–दौलतको महŒव हुँदैन । यसको विपरीत पापी मूर्खले बदनामी ख्याल नगरी आफ्नो अभीष्ट पूरा गर्न खोज्छ । कुभावना बोकेका व्यक्तिले कुपित कार्यमा हात हाल्छ । बदनामीलाई मृत्युउपर डर हुँदैन । मृत्युदेखि नडराउने हरामीले जे पनि गर्छ । हरामीदेखि दैव डराउँछन् भनिएकै छ । मूर्ख रिसाएर ज्यान माया मारेपछि डर हुँदैन, किनभने मृत्युभन्दा खराब बदनामी हुनाले बदनामीबाट बच्न मृत्युलाई स्वीकार गरेको हुन्छ । अपराधी समाजबाट तिरस्कृत हुन्छ, घृणित पात्र भएर बाँच्न उसलाई असह्य हुन्छ । दुर्जनहरू सद्गुणमा पनि दोष, शङ्का–उपशङ्का लिन्छन् । सत्कर्म गर्नेलाई पाखण्डी सम्झिन्छन् । यसरी धर्मको कर्मबाट वञ्चित भएर कुकर्म गरेपछि फलिफाप भए पनि अन्त्यमा पश्चाताप हुन्छ ।
पहिला बूढापाकाहरूले भन्थे– पाप कर्म नगर, पाप धुरीबाट कराउँछ । पहिला राणाहरूले त्यो बेला नौ करोड दाम अंशबन्डा पाएका थिए । नोटले चुरोट सल्काउने व्यक्तिको पछि पाटीवास भएको थियो । निहाल सम्पत्ति दुरुपयोग गरेपछि बेहाल भयो । पाप कर्मबाट संसार जित्न सक्नेले आफैँलाई जित्न नसक्ने हुन सक्छ । बुद्धले आफ्नो मनलाई वशमा राखी मनलाई इन्द्रिय निग्रह गर्न सके । अशोक सम्राटले बाहिर सबै जितेर पनि मनलाई जित्न नसकेकाले मनदेखि हार्नुप¥यो । त्यसैले दलबल शक्ति भए पनि असत्यबाट कमाएर धनदौलत सुविधासम्पन्न भए पनि मनमा अशान्तिले वास बसेको हुन्छ ।
अशान्ति दुःखको कारण बन्छ, भावनाले दुःख निम्त्याउँछ । दक्ष प्रजापतिले राम्रो काम गरे पनि नराम्रो भावना लिएर गरेको हुनाले सम्पूर्ण ऐस–आरामका सुविधासम्पन्न भईकन पनि मनमा शान्ति भएन । चाहनाअनुरूपका सुख–सुविधा व्यापक फलिफाप भएर पनि अभिशाप साबित हुन गयो । अभिशाप होस्, कसैले दिएको श्राप होस् अथवा शरीरलाई लागेको चोट, दुखाइ मनलाई हुने हो । शान्ति आनन्दको मार्ग हो । घरभित्र शान्ति, ज्ञान र धर्म भयो भने परिवारबीच अनुशासन हुन्छ, जसले सुशासन कायम गर्छ, आनन्द मिल्छ । अवसर आएर अतुल सम्पत्ति कमाए पनि दुष्कर्ममा लागेपछि निहाल सम्पत्तिले बेहाल भएर फलिफापबाटै अभिशाप हुन्छ । 
(लेखक धर्म संस्कृति अध्येता हुनुहुन्छ ।)