कृत्रिम प्रज्ञा, वास्तविक चुनौती
डा. अतीन्द्र दाहाल
मानवीय आकाङ्क्षाका अनेकन प्रारूपमध्धे विकास साश्वत् सत्य र अनिवार्य आवश्यकतासमेत हो । मुख्यतया राजनीति र यसका नेतृत्वकर्ताबाट त्यसको प्रत्याभूति होस् भन्ने चाहना सबैको हुन्छ । यद्यपि हरेक समय र स्थानका आममानिसले समेत विकासका लागि एकल तथा सामूहिक प्रयास गर्नुपर्छ । ढुङ्गे युगबाट कृषि युगहँुदै पशुपालनको समयमा समेत सापेक्षतामा केही विकासहरू अवश्य भए । तर पछिल्लो सय वर्ष विकास र प्रगतिको गति उच्च रह्यो र मानव जीवनमा कहिल्यै नसोचिएको उथलपुथल ल्यायो ।
इसापूर्व १००० को ग्रिक, त्यसपछिको रोमनहँुदै मेसोपोटामिया अनि ह्वाङ्हो उपत्यका तथा सिन्धुघाँटी सभ्यताका समय केही रोमाञ्चक विकासहरू भए । पानीघट्ट, ज्यामितीय आँकलन, वाष्पयन्त्र त्यसैका उदाहरण हुन् । लेखक जिन बद्रिलार्ड आफ्नो कृति ‘सिमुलाक्रा एण्ड सिमुलेसन’ मा कल्पनालाई सबैभन्दा महìवपूर्ण सामथ्र्य मान्नुहुन्छ । पूर्वीय दर्शनको आदि पुस्तक वेदमा समेत पुष्पकविमान, आकासवाणी, पानीजहाजलगायत अहिलेका अधिकांश प्रविधिको कल्पना देखिन्छ । आधुनिक समयमा विज्ञानले ती कल्पनालाई यथार्थमा ल्याउँदा मानव जीवनमा बहुपक्षीय सुलभता र सहजता आए ।
सन १८७६ मा ग्राहामले तत्कालमा अधिक वैज्ञानिक उपलब्धि स्वरूप फोनको आविस्कार गर्नुभयो । १९०१ मा मार्कोनीले रेडियो, बेयर्डले १९२५ मा टेलिभिजन, १९३८ मा कनार्ड जुजले कम्प्युटरको विकास गराउँदा नयाँ आविस्कारको शृङ्खला नै बन्यो । एकपछि अर्को गर्दै एटीम मेसिन, इन्टरनेट, हवाईजहाज, रकेट, जेनेटिक इन्जिनिरयरिङ, वासिङ मेसिन, विद्युतीय चिम, हवाईजहाज, केवलकार आदि बन्दै गए ।
यी सबै विकास मानवकै विशिष्ठ क्षमता र अभ्यासले सम्भव भए । रोमाञ्चक र अविश्वसनीय आविस्कारले नयाँ उचाइ लिँदै पछिल्लोपटक कृत्रिम बौद्धिकताको लहर आउँदैछ । मानवीय व्यवहार प्रदर्शन गर्नसक्ने यन्त्र अथवा रोबोटहरू मार्पmत यसको प्रयोग व्यापक बन्दैछ । मेसिन भए पनि उनीहरू काममा मानवजस्तै देखिन्छन् । केही विलक्षण मानिसहरूका उच्च रचनात्मकताले जन्माएकोे त्यो कृत्रिम प्रज्ञाले बाँकी आम मानिसमाथि असिमित प्राकृतिक चुनौती थप्ने देखिन्छ ।
के हो कृत्रिम प्रज्ञा ?
यन्त्रहरू मानवबाट मात्रै निर्मित र सञ्चालित हुनुपर्ने पुरानो व्याख्यालाई चुनौती दिँदै मानवजस्तै काम गर्नसक्ने स्वचालित यन्त्रमानवको विकास नै कृत्रिम प्रज्ञा हो । जोन हायसले द ‘कम्पिल्ट प्रोब्लम सल्भर’ नामक पुस्तकमा कृत्रिम प्रज्ञालाई संसारका सबै समस्याको समाधानका रूपमा हेर्नुहुन्छ । पछिल्लो समय आफैँ चल्ने गाडी, स्वचालित हतियार, स्वचालित रोबोट, खेतबारीमा काम गर्ने स्वचालित मेसिनहरूको प्रयोग बढ्दैछ ।
जापानमा एक बीमा कम्पनी ‘फुकोको लाइफ इन्स्युरेन्स’ मा मावन स्रोत तथा श्रमसाधन सट्टा केही हदसम्म यन्त्रमानवले काम गर्दैछन् । दुई वर्षपहिले त्यहाँ नै एउटा होटलले रोबोटहरूकै प्रयोगबाट आगन्तुकलाई सेवा दिने अभ्यास थाल्यो । नेपालमा समेत केही बैङ्कभित्र विभिन्न नामका रोबोटको परीक्षण अभ्यास भइरहेको सुनिन्छ । यस्ता यन्त्रमानवले मानिसहरूका जिज्ञासाका जवाफ दिने, आवश्यकताअनुसार सहयोग गर्ने काम गर्छन् । अबको केही दशकभित्र अहिले मानवले मात्र गर्नसक्ने भनिएका अधिकांश कामहरू रोबोटबाटै हुनेछन् । अबको क्रान्ति भनेकै रोबोट क्रान्ति हुने देखिन्छ । रोबोट उत्पादनमा सक्रियमध्येका ‘एन्ड्रोयड लभ डल’, ‘सेक्सबोट’, ‘टु कम्प्यानियन’ नामक कम्पनीहरूले त हिँड्डुल गर्ने, दोहोरो संवाद गर्ने, मानवीय संवेदना र उत्तेजना प्रदर्शन गर्ने अनि शारीरिक सम्पर्कसमेत गर्नसक्ने रोबोटको विकासमा काम गरिरहेको बताउँछन् । यद्यपि सुन्दा निकै रमाइलो लाग्ने यी कृत्रिम प्रज्ञाको विकासले दिने पीडा भने अवश्य अधिक हृदय विदारक र चरम दर्दनाकसमेत हुनेछ ।
सुन्न रमाइलो, भोग्न कठिन
निक बोस्र्टम र एम मिलानको सम्पादन रहेको २००८ मा प्रकाशित पुस्तक ‘ग्लोवल क्याटास्थ्रोपिक रिक्स’ ले संसारका अन्य एकाएक समस्या वातावरण विनास, आतङ्कवाद, भोकमरी, लागूपदार्थ दुव्र्यसनी, गुहयुद्धजस्तै कृत्रिम प्रज्ञालाई पनि मुख्य समस्या भन्छ । मर्भिन मिस्कीको पुस्तक ‘द सोसाइटी अफ माईन्ड’ ले समेत समान तर्क गर्छ । जब कृत्रिम मानवहरूले अन्य सामान्य मानिसले जस्तै कामहरू गर्छन्, यसको सबैभन्दा सघन प्रभाव पर्ने पक्ष रोजगार बजार हो । अहिले नै सामान्य मेसिनको प्रयोगका कारण थुपै्र मानवले रोजगारी गुमाइरहेका छन् । व्यावसायिक सञ्चार विषयका एक लेखक प्राध्यापक कोर्टल्याण्ड बोभीको तर्क छ, ‘मसलबेस्ड इकोनोमी’ बाट ‘मेसिनबेस्ड अपरेसन’ मा जाँदा नै रोजगारीका अवसरमा भारी कटौती आइसकेको छ । एउटा इन्टरकमले एक वा दुई रिसेप्सनिस्टलाई प्रतिस्थापन गर्दैछ । एउटा ट्याली नामक सफ््टवेयरले कम्तीमा दुईदेखि तीन जना लेखापालहरूलाई विस्थापन गर्दैछ । अघिल्लो दशकमा कुनै पनि बैङ्कको सामान्य शाखा सञ्चालनमा ल्याउन कम्तीमा एक दर्जन मावनस्रोत आवश्यक थियो । अहिले अधिकांश बैङ्कका सामान्य शाखाहरू चारदेखि पाँच जनाबाट नै कुशल रूपमा सञ्चालित छन् । अझ बौद्धिकता वा प्रज्ञासमेतले सुसज्जित भएका यन्त्रमानव समेत बनेमा रोजगारीमा गम्भीर गिरावट आउने अवश्यम्भावी छँदैछ ।
‘अकाउन्टेन्सी फ्रम पि डब्लु’ नामक एक प्रतिवेदनअनुसार कृत्रिम प्रज्ञाको कारण सन् २०३५ सम्ममा अमेरिकामा ३८, जर्मनीमा ३५, बेलायतमा ३०, जापानमा २१ प्रतिशत रोजगारी प्रतिस्थापन हुने देखिन्छ । बढीमा यातायातमा ५६ देखि उत्पादनमूलक क्षेत्रमा ४६ हुँदै सबैभन्दा कम शिक्षामा नौ प्रतिशत प्रभाव पार्ने सर्वेक्षणहरू बाहिरिएका छन् । यसरी रोजगारीमा सघन गिरावट आएपछि असङ्ख्य मानिसहरूले आर्थिक हैसियत गुमाउने छन् । भयावह आर्थिक सङ्कुचन, सङ्कट तथा असमानताहरूले मानवलाई अत्याउनेछ । जीवन निर्वाहकै लागि हत्या, हिंसा, लुटपाट, चोरी डकैतीजस्ता आपराधिक गतिविधिहरू बढ्नेछन् । मानिसहरू आफूसँग भएका सम्पत्ति बेचबिखन गरी जीवन निर्वाहका लागि सस्ता देशहरूमा उच्च बसाइँसराइ गर्ने अनुमान गरिँदैछ । अन्तरदेशीय अपराधसमेत मौलाउँछ ।
हरेक कुराहरू यान्त्रिक हुने भएकाले विद्युत्को माग अहिलेभन्दा ४० गुणासम्मले बढ्ने र संसारभर ऊर्जाको भयावह सङ्कटसमेत हुने भनिन्छ । जीवनमा बैराग्यताका र मानवीय असंवेदनाका कारण मानिसहरू सामाजिक, पारिवारिक दायित्वबाट पनि पन्छिने हुनसक्छ । पारिवारिक बिखण्डन हुने, शिशु जन्मदर अधिक घट्ने साथै मानिसमा नकारात्मक विचारहरूको प्रवाह बढ्दा सभ्यता र विकास नै रोकिन सक्नेसम्मका चिन्ताहरू गहिरिँदैछन् । त्यसबखत मानिसहरू केवल ‘हाउसहोल्ड पेट्स’ अर्थात् रोबोटहरूका सोखका लागि पालिएका मानव साथीका रूपमा परिवर्तन हुने अनुसन्धानहरू बाहिरिएका छन् । चाहेर पनि मानिसले हप्तामा १५ घन्टाभन्दा बढी काम पाउन नसक्ने र जीवन जिउने आर्थिक उपार्जन नै हुन नसक्ने अनुमान छ । कामको चरम अभावका कारण आलस्य, अभाव हँुदै अपराधको मार्गमा मानिसहरू होमिन सक्छन् । उपभोक्ताको सामथ्र्य घटेपछि उत्पादकहरू पनि शिथिल वा बन्द हुने हँुदा आर्थिक प्रगतिमा नै विशाल धक्का लाग्न सक्छ, कम्पनीहरू धरासायी बन्नेछन् । मेसिनको अत्यधिक प्रयोगबाट देशको सुरक्षासँग सम्बन्धित अत्यन्त गोग्य तथ्याङ्कहरू चोरिन सक्छन् । विगतका साइबर हमलाहरू यसैका उदाहरण हुन् । प्राकृतिकरूपमा प्रदत्त मानवको गोपनीयताको अधिकारको गम्भीर उल्लङ्घनको जोखिम हुनसक्छ ।
अहिले नै गुगलमा प्रति सकेन्ड ५० हजार खोजी गरिन्छ । कृत्रिम प्रज्ञाको बाहुल्यतापछि इन्टरनेट प्रविधिमाथि करोडाँै गुणाले भार बढ्छ र सायद उक्त समयमा कामै गर्दैन । काम गर्दागर्दै आईपर्ने मानवीय संवेदना, सत्यताको सापेक्षता, आवश्यकताको विवेकजस्ता पक्षहरूका आधारमा हुनुपर्ने व्यावहारिक फरक देखाउन मेसिनले सक्दैन । सम्पूर्ण प्रणाली नै अस्तव्यस्त हुनेछ । एकोहोरो प्राविधिक अराजकताले सबैलाई नराम्ररी अत्याउनेछ । त्यस्ता मेसिन र प्रविधि खरिद गर्न अत्यधिक पैसा लाग्छ । अनुभवबाट सिक्ने र गल्तीबाट सुध्रने आधुनिक व्यवस्थापनका सिद्धान्तहरू कामका कुनै पनि क्षेत्रमा लागू हुँदैनन् ।
पहिले विश्व युद्धहरूले संसार ध्वंस भएजस्तै अबचाहिँ प्रविधिमाथिको पराधिनाताले त्यो विनास ल्याउन सक्छ । आर्थिक विकासको खोजीमा हिँडिरहेको संसारलाई फेरि गलत बाटोमा लैजान सक्छ । कृत्रिम प्रज्ञा अहिलेलाई विकासको प्रशंसनीय उपलब्धि भए पनि भविष्यमा अन्तरघाती विनास बन्न सक्छ । यसको पहिलो लक्षण र अन्तिम आघात अर्थव्यवस्थामाथि नै देखिनेछ, सबैभन्दा पहिले आर्थिक क्षेत्र नै रूग्ण र जीर्ण बन्नेछ । राजनीतिको मुख्य क्षेत्राधिकारभित्र राज्य, सरकार, प्रजातन्त्र, चुनाव, नागरिक समाज, राजनीतिक विचारधारा तथा दार्शनिकजस्ता मात्र विषयसूचीलाई प्रधानरूपमा हेरिँदै आएकोमा अब केही नयाँ अवधारणाहरू पनि समाविष्ट हुनुपर्छ । पछिल्लो समय आतङ्कवादको न्यूनीकरण, मानव बेचबिखन विरूद्धको एकता, जलवायु परिवर्तनमाथिको विश्व सङ्कल्प, रासायनिक हतियार निस्तेजीकरणको अभ्यासजस्तै कृत्रिम प्रज्ञाको वैज्ञानिक व्यवस्थापनमाथि समेत राजनीति र विकासका कदमहरू सघनरूपमा
आकर्षित बन्नुपर्छ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)