विचार/दृष्टिकोण |

गान्धीको त्यो सद्भाव

 

सञ्जय पन्थी

भारतमा सन् १९१५ देखि १९४७ सम्मको अवधिलाई गान्धी युग भनेर चिनिन्छ । भारतमा महात्मा गान्धीले लाएको अहिंसात्मक आन्दोलन सफल भएकै कारण विश्व जगत्ले गान्धीलाई स्मरण गर्ने गरेको छ । संयुक्त राष्ट्रसङ्घले नै उनको जन्मदिन अक्टोबर २ तारिखलाई विश्व अहिंसा दिवसका रूपमा मनाउनथालेको छ ।
गान्धी युगमा भारत प्रवासमै जन्मिनुभएका बीपी कोइरालाको बाल मस्तिष्कमा गान्धीको अमीट छाप प¥यो । प्रवासमा रहेका नेपाली नागरिक पनि भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भए । सांस्कृतिक, धार्मिक मात्र नभएर एक–अर्काे देशको स्वतन्त्रताका लागि नागरिक स्तरबाटै गरिएका योगदानले पनि नेपाल र भारतको सम्बन्ध प्रगाढ र समधुर रहन पुगेको छ । भारतको स्वतन्त्रता आन्दोलनमा प्रत्यक्ष सहभागी हुने नेपाली अग्रजका सूचीमा बीपी कोइरालाको नाम आउँछ । राणा शासनबाट मुक्तिका लागि वि.सं.२००७ को तयारी गरिरहँदा सन् १९४८ जनवरी २८ तारिखमा कोइराला दिल्लीस्थित बिड्लाभवन गान्धी निवासमा जय प्रकाश नारायणसँग पुग्नुभएको बीपीको आत्मकथा अध्ययनबाट जानकारी हुन्छ ।
गान्धी र बीपी भेट
त्यसदिन कोइराला नेपालमा स्वतन्त्रता प्राप्तिको आन्दोलनमा गान्धीको नैतिक सर्मथन लिन सफल रहनुभयोे । हत्या हुनु दुई दिन अघिमात्र (सन् १९४७ जनवरी २८) कोइराला गान्धीसमक्ष पुगेर नेपालको आन्दोलनमा सहयोग र समर्थन माग गर्नुभएको थियो । त्यसबेला गान्धीले स्वतन्त्रताका पक्षमा हुने अहिंसात्मक आन्दोलनमा आफ्नो नैतिक समर्थन रहने आश्वासन दिनुभयो । गान्धीको नैतिक समर्थनमा नेपालमा क्रान्ति गर्ने उद्देश्य लिएर कलकत्ता पुग्नुभएका कोइरालाले हातमा ग्रिनेट लिएकै बेला गान्धी हत्याको समाचार सुन्नु प¥यो ।
‘पान सिगरेटको दुकानमा रेडियोले प्रसारण गरेको सुनेँ –गान्धीको मृत्यु भयो । म ह्याण्ड ग्रिनेड लिएर पर्खिरहेको छु । एउटाले दिएर गइसक्यो र अर्काेले लिन लागिरहेको थियो । मलाई कत्रो ठूलो अँध्यारो महसुस भइरहेको थियो । गान्धीसँग मलाई कत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यस बखत गरेँ । मलाई त सबैथोक भताभुङ्ग भए जस्तो लाग्यो ।’ यो प्रसङ्ग कोइरालाको आत्मकथामा छ ।
गान्धीले चलाएको आन्दोलनले समग्र दक्षिण एसियामा नै जागरणको सञ्चार गरेको थियो । भारतको स्वतन्त्रताबिना आफ्नो देशमा परिवर्तन सम्भव छैन भन्ने आभास छिमेकी देशमा पनि परेको थियो । तसर्थ उक्त आन्दोलनमा छिमेकी देशका नागरिकले समेत सहभागिता जनाउन थाले । नेपालका परिवर्तनकारी राजनीतिक अग्रजको सहभागिताले यही पुष्टि गर्छ ।
भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागिता जनाउने नेपाली नेपाली राजनीतिका अग्रजमा बीपी कोइराला, डिल्लीरमण रेग्मी, बटुककृष्ण भट्टराई, गोपालप्रसाद भट्टराई, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सूर्यप्रसाद उपाध्यायलगायतको नाम अग्रपङ्क्तिमा आउँछ । ‘नेपाली हुँ’ भनेर गान्धीसँग पहिलोपटक भेट गर्ने चाहिँ तुलसी मेहर श्रेष्ठ हुनुहुन्थ्यो ।
राजनीतिक रूपमा श्रेष्ठले भारतीय स्वतन्त्रता आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागिता नजनाए पनि रचनात्मक सहयोग गर्नुभएको थियो । विदेशी समान बहिस्कार गर्दा गान्धीलाई नेपाली कागज उनै श्रेष्ठले पु¥याउनुभएको थियो । गान्धीले लेख्नका लागि नेपाली कागज प्रयोग गर्नुभयो । स्वतन्त्रताको उक्त आन्दोलनमा नेपाली जनता सहभागी भएका प्रमाण यथेष्ट छन् ।
गान्धी र किसुनजीको ‘मिसन’
भारतमा गान्धीले चलाएको आन्दोलनले आरोह–अवरोह पार गर्दै राष्ट्रिय आन्दोलनको रूप लियो । त्यही समय बीपी कोइराला नेपालको जेलमा बन्दी हुनुहुन्थ्यो । विराटनगरको जुटमिल आन्दोलन क्रममा उहाँ पक्राउ पर्नुभयो । राणा शासकको कठोर यातना र प्रताडनाका कारण जेलमा कोइरालाको स्वास्थ्य दिनप्रतिदिन नाजुक बन्दै गयो ।
वि.सं. १९९७ को काण्डपछि प्रजातन्त्रका पक्षपातीमाथि धरपकड जारी थियो । अधिकांश प्रजातन्त्रवादी नेता भारत प्रवासमै थिए । जेलमा कोइरालाको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति शुभचिन्तक र कार्यकर्तामा चिन्ता थियो । बीपीको रिहाइको उपाय खोजी स्वदेशबाट सम्भव थिएन । प्रवासमा भने त्यसको खोजी जारी थियो । तत्कालीन समयमा नेपालमा प्रधानमन्त्री पद्मशम्सेर थिए तर शासनसत्ताको रोलक्रममा ‘माथि’ रहेका राणाहरू (चन्द्रशम्सेर खलक)को
बोलबाला थियो ।
देशभित्रको असामान्य परिस्थितिका कारण गणेशमान सिंह पनि भारत प्रवासमै हुनुहुन्थ्यो । सँगै हुनुहुन्थ्यो नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)। जेलमा बीपीले सामना गर्नुपरेको दयनीय अवस्थाले व्याकुल सिंह र भट्टराई दुवै जना रिहा गराउने उपाय खोजी गर्दै हुनुुहुन्थ्यो । त्यत्तिकैमा भारतीय नेता राममनोहर लोहियासँग सम्बन्ध निर्माण गरी उपयोग गर्ने उहाँहरूको सहमति भयो । राममनोहर लोहिया र बीपी अत्यन्त घनिष्ठ मित्र हुनुहुन्थ्यो ।
लोहिया कलकत्तामा पुगेका बेला सिंह र किसुनजीले भेटेर बीपीको अवस्थाबारे जानकारी गराउनुभयो । जेलबाट रिहा गराउन छलफल चल्यो । लोहियाले तत्काल गान्धीलाई चिठी लेखिदिनुभयो । पश्चिम बङ्गालमा हिन्दु–मुस्लिम दङ्गा जारी थियो । दङ्गास्थल नोआखलीका लागि गान्धी दिल्लीबाट रवाना भएर कलकत्ताको बेलियाघाटा भन्ने स्थानमा मुकाम गर्नुभएको थियो । केही समयका लागि उहाँको मुकाम त्यही नै थियो किनकि गान्धी
‘भारत छोडो’ आन्दोलनका सारथि हुनुहुन्थ्यो ।
सिंह र किसुनजीका लागि गान्धीसम्म पुग्ने सबैभन्दा भरपर्दाे माध्यम बन्यो लोहियाको पत्र । त्यसपछि दुवै जना अगस्ट महिनाको दोस्रो साता मिसन उद्देश्यका साथ गान्धीसँग भेटघाटका लागि बेलियाघाट पुग्नुभयो । बीपी भारत छोडो आन्दोलनका बन्दी । सन् १९४२ देखि ४५ सम्म बन्दी भएर रिहा हुनुभएको थियो । त्यसपछि नेपालमा प्रजातन्त्र प्राप्तिको उद्देश्य लिएर फर्किनुभयो । कोइराला भारतको आन्दोलनमा बन्दी भएको र पटनामै बस्ने गरेको जानकारी गान्धीलाई रहेछ । सिंह र किसुनजीले उहाँको रिहाइका लागि आग्रह गर्दा कोइराला पटनामा बस्ने गरेसम्मको बृतान्त गान्धीले सुनाउनुभएछ । कोइरालाका बारेमा गान्धीको ‘अपडेट’ ले गर्दा कुराकानी अघि बढाउन कुनै अप्ठ्यारो परेन । गान्धीसमक्ष उहाँहरूले कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएर रिहाइका लागि एउटा पत्रको आग्रह गर्नुभयो । उहाँहरूको आग्रहलाई स्वीकार गर्दै गान्धीले सोध्नुभएछ, ‘मैले कसलाई के लेखिदिनु प¥यो, महाराजलाई वा प्रधानमन्त्रीलाई?’ भेटघाटले निरन्तरता पाइरहेको थियो । तर उता अन्तरिम प्रधानमन्त्री जवाहरलाल नेहरूले कोइरालाको रिहाइका लागि तार पठाइसक्नुभएको रहेछ । किसुनजीका अनुसार गान्धीले बीपीको रिहाइका लागि निकै चासो दिएर भेटलाई निरन्तरता दिनुभयो । त्यहाँ भएको भेट र संवाद आफैँमा रोचकमात्रै छैन, ऐतिहासिक पनि छ ।
पहिलोपटक किसुनजी र सिंह बेलियाघाट पुगेर गान्धी निवासस्थलमा सेविका आभा गान्धी थिइन् । दुई जना पुगेर केही कुराकानी गरेपछि गान्धीसँग भेट गर्न आएको सूचना दिँदा ‘भोपाल से आए हुअ‍े वापु के पास आईए’ भनेर गान्धीलाई जानकारी दिइएको रहेछ । तर उनीहरूको समूहमा भोपालका प्रतिनिधि कोही पनि थिएन् । भोपालको प्रतिनिधि कोही नभएपछि ‘नेपाल से होगा’ भनेर सच्चाइदिनुभएको थियो रे किसुनजीले । उहाँका अनुसार आभाले पनि लाजले भुतुक्क हुँदै आफ्नो वाणी सुधार गर्दै हो, ‘नेपाल से’ भनिन् । त्यसपछि मात्र ‘म (किसुनजी) र सिंहजीले, गान्धीको निवासस्थल प्रवेश पायौँ ।’
सिंह र किसुनजीले गान्धीलाई लोहियाले लेखिदिएको पत्र दिनुभयो । नेपालको अवस्थाबारे
‘ब्रिफ्रिङ’ गर्नुभयो । मैले तपाईंहरूलाई कसरी सहयोग गर्न सक्छु ? ‘जवाहरजीले तपाईंहरूलाई सहयोग गर्नुहुनेछ’ गान्धीले भन्नुभयो ।
‘जवाहरजीको सद्भाव त छँदैछ । तपार्इंको पत्रले नेपालका शासकको मन फेर्न सक्ला कि ? भन्ने हाम्रो विश्वास छ । यदि तपाईंले एउटा मात्रै पत्र लेखिदिनुभयो भने शासकहरूमा त्यसको निकै ठूलो प्रभाव पर्नेछ । नागरिक तहमा नैतिक साहस पनि बढ्नेछ’ किसुनजीले भन्नुभएछ । ‘त्यसो भए म लेखुँला, कोइरालाजीलाई छाडिदेउ भनेर । छुटेपछि पटनामै फर्कनुहुन्छ नि?,’ गान्धीले प्रतिप्रश्न गर्नुभएछ ।
सिंह र भट्टराई अवाक् हुनुभयो । दुवै पक्षबीच नजर संवाद चल्यो । त्यत्तिकैमा किसुनजीले मुख खोल्नुभयो,
‘बापु, त्यस्तो सर्त राखेर छुट्दा माफी मागेजस्तो हुँदैन ?’ भारत छोडो आन्दोलनका बारेमा पूर्ण जानकार किसुनजीले नम्र भाषामा थप्नुभएछ, ‘बापु, सन् १९४२ को भारत छोडो आन्दोलनकामा त्यस्तो सर्त मानी छुट्नेहरूलाई देशप्रेमीहरूले कस्तो इज्जत गरेका थिए, त्यसले गर्दा आन्दोलनको नैतिक बल कतिसम्म कमजोर भएको थियो ? त्यसबारेमा मैले बताउनु पर्छ र?’ प्रत्युत्तरमा गान्धीले भन्नुभयो,
‘हो, यो त अलि नराम्रो नै हुन्छ है। मेरो स्मरणमा पनि त्योप्रभाव हराएको छैन ।’
राणा प्रमलाई गान्धीको पत्र ः
किसुनजीका अनुसार निहित उद्देश्यले पुगेका सिंह र मसँग गान्धीले उक्त जिज्ञासाबाट परीक्षा लिइरहनु भएको थियो । त्यसो त संवाद र मनोविज्ञान बुझ्न गान्धीमा तिलस्मी नै थियो । गान्धीले कोइरालाको रिहाइका लागि लेखिदिने पत्रको व्यहोरा अवगत गराउँदै, यसरी लेखे कसो होला ? जिज्ञासा तेस्र्याए । ‘अहिले कोइरालाजीलाई छाडिदेउ, ‘उनका पिताको पनि नजरबन्द अवस्थामा नै मृत्यु भएको हो । यदि छोरा पनि त्यसरी नै जेलमा मरे भने जनतामा सरकारप्रति घृणाभाव बढ्नेछ । कोइरालाको उपचार नेपालमा सम्भव छैन । उनी छुटेपछि उपचारका लागि बम्बई पुग्नेछन् । फेरि फर्किए तिम्रो सरकारका पुलिस र सेनाले उनलाई सजिलै नियन्त्रणमा लिन सकिहाल्नेछन् ।’
‘हामीले चाहेको पनि यही हो । हामीलाई यो व्यहोरा स्वीकार छ,’ किसुनजीले उत्तर दिनुभएछ ।
गान्धी–‘तपाईंहरूले मैले भन्न खोजेको कुरो बुझ्नु भयो, हैन ।’– किसुनजी – ‘बुझेँ ।’ गान्धी– यस विषयमा कलकत्तामा रहेका अन्य साथीसँग पनि छलफल गर्नुहोस् । अनि भोलि ३ बजे पत्र लिन यहाँ आइपुग्नु, पत्र तयार हुनेछ । त्यसबेला रातको नौ बजिसकेको थियो । बिदा हुने बेला लोहियालाई दिन तयार गरेको एउटा पत्रसमेत थमाएका थिए । भेट महìवपूर्ण बन्यो । त्यतिबेला, गान्धीजीको एक–एक सेकेन्डको पनि ठूलो महìव थियो ।
उनको समय र कार्यक्रमको व्यवस्थापन उनका अनुयायीबाट हुन्थ्यो । तर पनि गान्धीले नेपाली प्रतिनिधि मण्डलसँग लगातार नेपालका बारेमा जानकारी राख्दै तेस्रो दिन पनि भेट्न बोलाएका थिए । पत्रको सम्बोधनका बारेमा पहिला नै छलफल भइसकेको थियो । गान्धीबाट पुनः जिज्ञासा भयो,
‘प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेख्ने हैन?’ किसुनजी– ‘हजुर ।’ एकछिन मौनता छायो । त्यत्तिकैमा गान्धीले भने ‘तपाईंहरूका एउटा महाराजलाई त म पनि चिन्छु । शायद उनी अहिले गद्दीच्युत छन् । तर पनि केही मद्दत गर्न सक्छन् कि?’ ३०, माघ २००४ मा युगवाणी साप्ताहिकमा प्रकाशित किसुनजीको आलेखमा यी कुरा उल्लेख छन् । गान्धीसँग भोलि भेट्ने गरी बिदा हुनुभएका किसुनजी र सिंहबीच गान्धीको पत्र लिएर को नेपाल फर्किने भन्ने छलफल चल्दै गर्दा कोइराला नेपालमा छुटेको समाचार प्राप्त भयो । त्यो जानकारी दिन किसुनजी र सिंह भोलिपल्ट पूर्व निर्धारित समयमा गान्धीलाई भेट्न बेलियाघाट पुग्नुभयो । बेलियाघाट पुग्दा गान्धी अत्यन्त व्यस्त रहेको र बङ्गालका प्रम सोहराबर्दीका साथ रहेको जानकारी गराइयो ।
त्यो जानकारीको मतलव नगरी आफ्नो नामभित्र पु¥याउन किसुनजीले आग्रह गर्नुभयो । तत्काल किसुनजीलाई भित्रबाट बोलाइयो । गान्धी नेपाल पठाउने पत्रकै तयारीमा रहेका बखत उहाँहरूले प्रवेश पाउनुभएको थियो । किसुनजीका अनुसार भित्र प्रवेशसँगै नेपालमा कोइराला रिहा भएको खबर गान्धीलाई सुनाइयो । त्यो खबरले गान्धीको अनुहार पुलङ्कित बन्यो । ‘नेहरूले समय–वचनको पालना गर्दै, नेपालमा तार गरिदिएछन् । त्यसैले कोइरालाजी छोडिदिएको हुनुपर्छ’ गान्धीले भन्नुभयो । कोइराला रिहाइको पत्रका लागि गान्धीसँग किसुनजीको त्यो संवाद जुरेको थियो । तीन पटक गान्धीलाई भेट्नुभएका किसुनजीले ३० जनवरीका दिन गान्धी हत्याको समाचार सुनेपछि ‘गान्धीको मृत्युको खबरले भर्खर पलाउन लागेको नेपाली जनआन्दोलनको कति ठूलो क्षति भयो, त्यो हामीले नेपाली जनतालाई के गरी बताउने ?’ भन्दै दुःख व्यक्त गर्नुभएको थियो ।
(लेखक गान्धी र अहिंसा विषयका शोध अध्येता हुनुहुन्छ )