विचार/दृष्टिकोण |

बुद्धिजीवीको ह्रस्वदृष्टि

प्रा.डा. बद्रीविशाल पोखरेल

धानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बेलाबेला व्यक्त गर्नुभएका धार्मिक साँस्कृतिक विषय, विचार, व्यक्तित्व र कृतित्वबारेका धारणामा अहिले देशमा मात्र होइन, विश्वस्तरमै व्यापक प्रतिक्रिया ह्ुने गरेको देखिन्छ । कहिले राम र अयोध्या, कहिले नेपाल नै वैदिक सनातन धर्म संस्कृतिको मूल केन्द्र हो भनेका कुरा, मन्त्रको महामन्त्र गायत्रीमन्त्र सुनसरी र उदयपुरको सीमामा बग्ने सप्तकोसी नदीतटमा सिर्जना भएको कुरा आदि चर्चामा रहे । हालै पशुपति मन्दिरमा उहाँले गरेको सङ्कल्प पूजा अझ चर्चाको शिखरमा छ । विशेषगरेर अतिवादी र अहम्वादी सोचका नकारमात्र प्रवाह गर्न आतुर केही बुद्धिजीवी, ‘फेक’ र ‘पेड मिडिया’हरू ओलीको साँस्कृतिक सिर्जनात्मक चेत र चिन्तनप्रति आक्रामक रहेको देखिन्छ । तर, तिनीहरू धर्म र संस्कृतिभित्र विद्यमान आदिम मानवसभ्यता र संस्कृतिबारे अनभिज्ञ देखिन्छन् । यसको एउटै मूल कारण हालसम्म विद्यमान परम्परागत विगत शासकको विचार, चिन्तन र संस्कृतिको पक्षधर हुनाले हो । अर्कातिर, माक्र्सवादलाई जडसूत्रवादी ढङ्गबाट मात्र हेर्नाको परिणाम पनि हो । यसैले कार्लमाक्र्सले नै कुनै पनि युगमा शासकका विचार प्रभावी हुन्छन् र बुद्धिजीवीहरू पनि समयमै सचेत नहुँदा जानीनजानी त्यही विचारका वाहक बन्छन् भन्नुभएको थियो ।
उपर्युक्तखालका परम्परागत पश्चगामी प्रवृत्ति घटाउन र हटाउन स्वयम् माओले विशेषतः प्रगतिशील कला, साहित्य, संस्कृति, दर्शनलगायत बौद्धिक वा आत्मिक संस्कृतिलाई समृद्ध पार्ने विषयमा आजीवन गहन अध्ययन, लेखन, प्रकाशन र प्रवचन गर्नुभयो । शरीर र वस्त्रमा लागेको मैलो त साबुनले धोएर जान्छ तर मनमा वर्षौंदेखि कट्कटिएर दर्शन ढुङ्गासरह जमेर बसेको मयल सफा गर्न हरघडी अग्रगामी कला, साहित्य, शिक्षा, दर्शन, विचार, वाद विषयका बौद्धिक विषयमा लेखन, पठन, सिर्जन, श्रवण, मनन गर्नुपर्छ, तबमात्र मनको मयल बिस्तारै घटाउन सकिन्छ र पूरै हटाउन त एक पुस्तामात्र होइन, अर्को पुस्ता पनि लाग्न सक्छ । त्यसैले माक्र्सवादी, लेनिनवादी, मालेमावादी वा आफूलाई अब्बल प्रगतिवादी वा प्रगतिशील विचारक, सर्जक, नेता र लेखक भन्ठान्नेमा पर्याप्त पछौटे चिन्तन पाइन्छ ।
प्रधानमन्त्री ओली सर्वगुणसम्पन्न हुनुहुन्छ भन्ने होइन । उहाँलाई देवत्वकरण गर्ने कुरा पनि सही होइन र हुँदैन तर ओली यो युगका बहुआयामिक विषय र क्षेत्रका सिर्जनात्मक महान् क्षमता व्यक्तित्व हुनुहन्छ । ओलीले राम र अयोध्याको विषय उठानको उद्देश्य परम्परागत अन्धविश्वासी धार्मिक चिन्तन र चेतसित कदापि सम्बन्धित छैन । तर, अबुझहरू कम्युनिस्ट ओली एकातिर प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा ईश्वरको कसम खानुहुन्न तर अर्कातिर राम भगवान्प्रति भक्तिभाव प्रकट गर्नुहुन्छ भनेर खिसीट्युरी गर्छन् । तिनले के बुझ्नुपर्छ भने ओली जीवन जगत्को रचना राम आदि भगवान्ले गरेको हो भन्ने रूढीवादी मान्यताको पक्षधर हुनुभएकोचाहिँ किमार्थ होइन । उहाँका अनुसार हालसम्म भगवान् मानिएका रामचन्द्र आदि साँस्कृतिक सम्पदा हुन्् र उनीहरू मानवका एक पुर्खा हुन् । कम्युनिस्ट मुलुक चीनले देशका धार्मिक, साँस्कृतिक सम्पदाको पर्याप्त संरक्षण गरेको देखिन्छ । हामीले २५ सय वर्षअघिका सिद्धार्थ गौतमलाई अहिले देवता मानिरहेका छौँ र बुद्धलाई विष्णु भगवान्का एघारौँ अवतार
मानेको पनि देखिन्छ ।
विश्व ब्रह्माण्डको उत्पत्तिबारे सृष्टिवादी धारणालाई विकासवादी धारणाले खण्डित गरिसकेको छ । यसअनुसार जगत् प्रकृतिको लामो विकासको नतिजा हो । यसले जीवहरू भौतिक संसारकै परिवर्तन र विकासबाट उत्पत्ति भएको मान्छ । वैज्ञानिकहरू तथा इतिहासविद्हरूले जीवन जगत्को सृष्टि तथा मानव उत्पत्ति र विकासको समयसमेत किटानी गरेका छन् । यससम्बन्धमा पनि वैज्ञानिक खोजहरू पर्याप्त रूपमा भएका छन् । वेद, उपनिषद्, रामायण र महाभारतलगायत धार्मिक साँस्कृतिक ग्रन्थहरूको रचनाकालसमेतको खोज गरी निक्र्यौल गरिसकेको अवस्था छ । यी सबै तथ्य र वास्तविकताले समाजले मानिआएका सबै धर्म र सम्प्रदायका आराध्य देव र देवीहरू मानव जातिका पुर्खा हुन् भन्ने पुष्टि भइसकेको छ । कतिपय धार्मिक साँस्कृतिक ग्रन्थहरू कवि कल्पनाको रङ्गले रङ्गाइएका भए पनि ती यथार्थ र वास्तविकताका धरातलमा आधारित रचना हु्न् । त्यसैले रामायण र महाभारत आदि ग्रन्थहरू कथा, किंवदन्ती र काल्पनिक कृतिमात्र होइनन् ।
हामीले परम्परागत सोच र संस्कृतिका कारण आराध्यदेव मानेका ब्रह्मा, विष्णु, महेश्वर, कृष्ण, दुर्गा, युमा, पारुहाङ आदि तमाम पुर्खाहरू आ–आफ्ना कालखण्ड र सम्प्रदायका युग नायक हुन् ।
प्रकृति र जगत्लाई ज्ञानको स्रोत मान्ने साङ्ख्य दर्शन हामीसित रहेको छ । चार्बाकजस्ता भौतिकवादी दार्शनिकहरू बौद्धिक तथा नवीन चिन्तकहरू उतिबेला पनि अन्धविश्वासबारे बौद्धिक रूपमा द्वन्द्वरत थिए । उनीहरूले अध्यात्मवादी सृष्टिवादको खण्डन गर्दै आगो, बतास, पानी र पृथ्वी यी चार मूल र अनादि तŒव हुन् भनेका छन् । उपर्युक्त ग्रन्थहरूमा तत्कालीन समाजको ज्ञानको र सूचनाको सीमितताका कारण जीवन जगत्सम्बन्धी कतिपय अन्धविश्वास र रूढीग्रस्त धारणा स्थापित र विकसित भएका हुन् । तर, ती समयक्रममा खण्डित हुँदै गएका छन् । भगवान् मानेका चन्द्र सूर्य पृथ्वीका एक ग्रह हुन् भन्ने धारणा स्थापित र विकसित हुँदै गएको छ । धार्मिक, आध्यात्मिक तथा रूढीग्रस्त धारणा क्रमशः भत्किँदै छन् । यस्ता विषयमा नवीन सोच र खोज गरेर सत्य उजागर गर्न छाडेर हाम्रा कतिपय ह्रस्व बुद्धिजीवीहरू बौद्धिक विलास र विग्रह गर्न उद्यत देखिन्छन् ।
अब धर्म, अध्यात्म र देवीदेवताबारे अन्धधारणामा रूपान्तर गर्नु अपरिहार्य देखिन्छ । अध्यात्मलाई अब रूढीगत मान्यताका अवधारणामात्र राखेर हुेर्नुहुन्न । अध्यात्म भन्नाले वस्तु, पदार्थ र जीवमा निहित अन्तरतह, अन्तरजगत्, सार, चुरो र अन्तर्य भनेर पनि अथ्र्याइनुपर्छ । एउटै शब्दले पनि प्रयोगका कारण विभिन्न अर्थ वहन गर्छ । प्राविधिक वा पारिभाषिक रूपमा एउटै शब्दका विभिन्न र विशिष्ट अर्थ हुन्छन् ।
त्यसैले परम्परागत धर्म, संस्कृति, संस्कार रीत र परम्परालाई पुनः परिभाषित गर्दै समयानुकूल बनाउनुपर्छ । धर्म र अध्यात्म भन्ने शब्द सुन्नेबित्तिकै तर्सिने र तर्किने स्वभाव उग्रवादी अतिवादी सोचले त्यसभित्रका सकारात्मक तथा जीवनोपयोगी पक्षलाई देख्दैन । वेद, पुराण, उपनिषद्लगायत धार्मिक साँस्कृतिक ग्रन्थहरूमा निहित अन्धधारणाहरूमात्र बारबार हजार बार प्रवाहित गरियो । यसले गर्दा आमजनतामा मात्र होइन, बौद्धिक जगत्मा पनि यसको नकारात्मक प्रभाव प्रभावशाली हुन गयो । यसकारण कतिपय बौद्धिक र मिडिया सञ्चालकहरू जानेर र नजानेर प्रधानमन्त्रीको धर्मसम्बन्धी धारणाबारे प्रायोजित प्रपोगण्डा (प्रचार) गरिरहेको देखिन्छ ।
कम्युनिस्ट आन्दोलनमा उग्रवादी चिन्तन लामो समयसम्म रहेको प्रभावस्वरूप पनि धेरैजसो कम्युनिस्ट, प्रगतिशील वा प्रगतिवादी नेता, चिन्तक तथा स्रष्टाहरू धर्म र संस्कृतिसम्बन्धी अतिवादी धारणाबाट ग्रसित छन् । धर्म र संस्कृतिसम्बन्धी विषयमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणअनुसार गम्भीर विवेचना गरेर तिनमा निहित सकार र नकार छुट्ट्याउने दृष्टिकोणको सर्वथा अभाव पाइन्छ ।
धर्म, देवी, देउता र संस्कृतिजस्ता विषयका यथार्थ सत्य तथ्य जीवनोपयोगी विषय उजागर गर्ने, तिनमा निहित सकार स्वीकार्ने र नकार अस्वीकार गर्ने चिन्तनको अभाव हुँदा बिरालो बाँध्ने संस्कारबाट बौद्धिक समाज प्रभावित देखिएको हो । हेगेलको टाउको टेकेर उभिएको प्रत्ययवादी वा अधिभौतिकवादी जीवन जगत्सम्बन्धी चिन्तनलाई कार्लमाक्र्सले खुट्टाले टेकाएझैँ धर्म र धार्मिक धरोहर, सम्पदा र संस्कृतिजन्य विषयलाई पनि खुट्टाले टेकाउने बौद्धिक प्राज्ञिक चिन्तनको अभाव देखिन्छ । विरोध गर्न सजिलै छ तर तथ्य, सत्य र वास्तकिताको कसीमा राखेर सही निष्कर्ष निकाल्न सजिलो छैन र हुँदैन ।
वास्तवमा धर्म भनेको कुनै पनि वस्तु पदार्थमा निहित गुण, विशेषता र पहिचान हो । पानीको धर्म भिजाउनु, तिर्खा मेट्नु, सिँचाइ गर्नु र आगोको धर्म डढाउनु हो । धार्मिक पौराणिक ग्रन्थहरूमा धर्मका धेरै लक्षण बताइएको पनि छ । धर्म भनेको केवल रूढीग्रस्त, अन्धविश्वासी र ढोङी विषयमात्र होइन । यसको अर्थ आसय मनुस्मृतिमा निम्नअनुसार गरिएको देखिन्छ ।
धृति, क्षमा, दमोस्तेयं शौचमिन्द्रियनिग्रहः
धीर्विद्या सत्यमक्रोधो दशकं पञ्च लक्षणम्
सुख–दुःखमा एकनास रहनु वा धैर्य गर्नु, सहन गरेर समस्याको समाधान गर्नु वा क्षमा गर्नु, मनलाई आफ्नो वशमा राख्नु वा दमन गनर््ु, अरूको हकमा हस्तक्षेप नगर्नु अस्तेय वा नचोर्नु, सत्यको पक्ष लिनु, नरिसाउनु वा रिसलाई नियन्त्रण गनर््ु, शरीर शुद्ध राख्नु, इन्द्रिय निग्रह अर्थात् आफ्ना इन्द्र्रियहरू वशमा राख्नुजस्ता धर्मका दस लक्षण हुन् भनिएको पाइन्छ ।
मानव समाजको हित, सेवा र उपकारका निम्ति प्रकृति तथा प्राकृतिक सम्पदाको धर्म वा गुणलाई आधार मानेर मानव जातिले धर्मको परिकल्पना, प्रारूप र विकास गरेको बुझिन्छ । हुन पनि मानवजस्तो उच्च, उन्नत विचार र विवेकयुक्त प्राणीको धर्म वा गुण विशिष्ट हुनुपर्ने कुरा स्वतः सिद्ध देखिन्छ ।
हाम्रा अग्रज पुस्ताले पनि प्रकृतिको धर्म वा गुणझैँ गुणयुक्त मानव समाजको परिकल्पना गरेको देखिन्छ । उन्नत तथा उदात्त चेतनायुक्त मानवले आफूलाई सामान्य प्राणीभन्दा पर्याप्त पृथक् पहिचान बनाउन सामाजिक सेवालाई धर्मका रूपमा अवलम्बन ग¥यो । यसैले व्यासले अठार पुराणको सार परोपकार पुण्य हो र परपीडन पाप वा अधर्म हो भन्ने निष्कर्ष निकाले ।
उपर्युक्त नवीन सत्य, तथ्य र वास्तविकता हुँदाहुँदै पनि कतिपय विद्वान्हरू ओलीको धर्मसम्बन्धी धारणाबारे ह्रस्वदृष्टि र दृष्टिकोण व्यक्त गरिरहेको देख्दा तिनप्रति दया लाग्छ । तिनले धर्मनिरपेक्ष देशमा वैदिक सनातन वा हिन्दु धार्मिक मन्दिरमा प्रधानमन्त्रीले लाख बत्ती बाल्नु र पूजाआजा गर्नु नाजायज ठहर गरेका छन् । ओलीले, पशुपति मन्दिरमा सङ्कल्प पूजा गरेकोलाई क्षमापूजा गरेको देखेछन् । प्रधानमन्त्रीले विश्व शान्ति र नेपालको शान्ति र समृद्धिको कामना गरेर दीप प्रज्ज्वलन गरेको विषयलाई उल्टो व्याख्या गरेको पनि पाइयो । हुन त केही प्रगतिशील भनिने प्राज्ञ र वरिष्ठ लेखकसमेत डा. मोदनाथ प्रश्रितको योग ध्यानसम्बन्धी कृतिको विमोचन समारोहमा उक्त रचनालाई धार्मिक कृति भनेर कटाक्ष गर्छन् । परम्परागत सोच र उग्रवादी समझका कारण धेरैजसो बुद्धिजीवीको ह्रस्वसोच घातक देखिन्छ । तिनलाई ज्ञान विज्ञानको खोज, प्रवद्र्धन, प्रवर्तन, पुनर्लेखन र पुनःरचना गर्ने भन्ने समझको अभाव देखिन्छ । प्रधानमन्त्री ओलीलाई त्यस्ता बुद्धिजीवीले अमाक्र्सवादी, पुनरुत्थानवादी खुसी पार्ने, जनतामा अलौकिक मिथ्या चेतनावादी अध्यात्मवादको यात्रा गराउनेजस्ता भद्दा आरोप लगाएको पाइन्छ ।
सबै धर्म र संस्कृतिभित्र विद्यमान मानवतावादी र जीवनोपयोगी अनेक स्वस्थ धार्मिक तथा साँस्कृतिक पक्षलाई ओझेल पारेर आमजनतालाई भ्रमित पारिएको छ । भाग्यवादको अहोरात्र भाष्य, भजन र कीर्तन गरिन्छ, गराइन्छ तर त्यही आलश्यं हि मनुष्याणाम् शरीरस्थो महान् रिपुः अर्थात् अल्छेपन नै मानिसको सबैभन्दा ठूलो शत्रु हो भन्नेजस्ता अनेक सूक्ति, उक्ति र सन्दर्भको चर्चा नै गरिँदैन । त्यसैले यस्ता विषयमा कलात्मक हस्तक्षेप गरी धार्मिक साँस्कृतिक विषयमा समयका सत्य, तथ्य र वास्तविकता उजागर गर्दै तिनमा अन्तर्निहित अन्धवादी सार तŒवलाई रूपान्तरण गर्ने प्रधानमन्त्री ओलीको धार्मिक र साँस्कृतिक धारणा नबुझ्नु बुद्धिजीवीको ह्रस्वदृष्टि र दृष्टिकोण हो ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)