महिलाप्रतिको सोचमा परिमार्जन
खिमलाल देवकोटा
नेतृत्वमा महिला कोभिड १९ को संंसारमा समान भविष्य प्राप्त गर्दै’ भन्ने नाराका साथ विश्वभरि संयुक्त राष्ट्र सङ्घकै आह्वानमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको अवस्था छ । अमेरिकाको सोसलिष्ट पार्टीले फेब्रुअरी २८, १९०९ मा न्युयोर्क सहरमा महिला दिवसको आयोजना गर्दैथियो, जर्मन प्रतिनिधि क्लारा जेटकिन, काटे डुडकर, पाउला थिएडी समेतले १९१० देखि हरेक वर्ष अन्तर्राष्ट्रिय समाजवादी महिला दिवसका रूपमा विश्वभर मनाउन प्रस्ताव गरेअनुसार नै अन्तर्राष्ट्रिय स्वरूप ग्रहण ग¥यो । त्यसकै बलमा सन् १९१७ मा महिलाले मताधिकार प्राप्त गरे । रुसले सोही वर्षदेखि ८ मार्चलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थाल्यो । १९१७ देखि कम्युनिस्ट र समाजवादी मुलुकहरूमा सीमित रहेको यो दिवसलाई सन् १९६७ मा ‘फेमिनिष्ट मुभमेण्ट’ ले मनाउन थाल्यो । त्यसैको निरन्तरताका रूपमा संयुक्त राष्ट्रसङ्घले सन् १९७७ देखि भने अन्तर्राष्ट्रिय महिला दिवसकै रूपमा मनाउन थाल्यो ।
अन्तर्राष्ट्रिय महिला दिवसलाई कतिपय मुलुकमा सार्वजनिक बिदा दिएर मनाउने गरेको पाइन्छ भने कति मुलुकमा अत्याचारका विरुद्ध प्रतिरोध गरेर, विरोध प्रदर्शन गरेर वा यस्तै अन्य गतिविधि गरेर मनाउने गरेको पाइन्छ त कतिपय मुलुकमा भने महिलावादी दिवसका रूपमा यसलाई एक प्रकारको उत्सव र जात्राका रूपमा समेत मनाउने गरेको पाइन्छ ।
१० वर्ष अगाडि अर्थात् ८ मार्च २०११ लाई अन्तर्राष्ट्रिय महिला दिवसको सतवार्षिकीका रूपमा मनाइएको थियो । त्यतिबेलाको विश्लेषण थियो कि पश्चिमा देशहरूले महिला दिवसलाई प्राथमिकतामा राखेनन् । यसै क्रममा अमेरिकामा भने राष्ट्रपति बाराक ओबामाले ऐतिहासिक महिला महिनाको समेत घोषणा गर्नुभयो भने हिलारी क्लिण्टनले १०० महिला पहलकदमीको आरम्भ घोषणा गर्दै अन्तर्राष्ट्रिय महिला भ्रमण आदान प्रदानको शुभारम्भ गर्नुभयो र विश्वभर यौन हिंसा र बलात्कार विरुद्धका अभियानहरू सञ्चालन गर्न आह्वान गर्नुभयो । १० वर्षअघिको यो दिवसमा शिक्षा, तालिम र विज्ञान र प्रविधिमा समान पहुँचको नारा संयुक्त राष्ट्रसङ्घले अघि
सारेको थियो ।
समयको महìव खासगरी औद्योगिक क्रान्ति सम्पन्न गर्दै गरेका मुलुकमा महिला अधिकार र महिलाको काममा अधिकारका रूपमा दुवैलाई एकीकृत गर्ने हेतुले अन्तर्राष्ट्रिय महिला दिवसलाई मनाउन थालिएको हो । यसै गरी आठ घण्टा काम, आठ घण्टा बिदा र आठ घण्टा आरामको नाराका रूपमा पनि अन्तर्राष्ट्रिय महिला दिवसलाई ग्रहण गरिएको पाइन्छ । औद्योगिक क्रान्तिकालमा मजदुरहरूलाई मेसिनसँगसँगै काममा लगाउने प्रवृत्ति बढ्न जाँदा कामदारका लागि आरामको खाँचो छ भन्ने आशयले आठ घण्टा काम, आठ घण्टा बिदा, आठ घण्टा आरामको अभियान आरम्भ गरिएको थियो । त्यसमा पनि महिलाहरूको सुरक्षा समेतलाई ख्याल गरेर अन्तर्राष्ट्रिय रूपमा नै महिला श्रमिकहरूको यो आवाजले वैधता प्राप्त गरेको थियो ।
समयको व्यवस्थापनले श्रमिकहरूको सम्मानजनक कामको चरित्रलाई अभिव्यक्त गर्दथ्यो अर्थात् समयको व्यवस्थापनसँगै कामदारहरूको कामप्रतिको इज्जत र प्रतिष्ठामा वृद्धि हुने कुरालाई पनि पुष्टि गर्दथ्यो । औद्योगिक क्रान्तिमा सामेल भएका मुलुकहरूको बाहुल्यता रहेको यो दिवसको मर्म मूलतः मजदुर बाहुल्य मुलुकमा हुने कुरामा विवाद रहेन ।
किसान बाहुल्य भएको मुलुकका लागि यो नारा सायद स्वाभाविक नहुन पनि सक्छ होला । तर महिला अधिकार, महिलाका लागि कामको अधिकारको नारा औद्योगिक क्रान्तिकालमा आविष्कार गरिएको भए पनि सबैभन्दा बढी यसको प्रयोग अल्पविकसित मुलुकले गरे भन्ने निष्कर्ष निकालिएको छ । किसान बाहुल्य मुलुक र औद्योगिक क्रान्ति सम्पन्न नभएका मुलुकहरूमा पनि कमसेकम नारी दिवस मनाउने बहानामा महिला आन्दोलनअघि बढाउन र महिला शक्ति परिचालन गर्न निकै हदसम्म प्रभावकारी भएको देखिन्छ ।
नेपालको सन्दर्भमा पनि भूमिगत अवस्थामा होस् वा खुला अवस्थामा, औद्योगिक क्रान्ति भएको होस् वा नहोस् जुनसुकै अवस्थामा ८ मार्चलाई महिला दिवसका रूपमा मनाउने र सोही बहानामा आन्दोलनका कार्यक्रमहरू आयोजना गर्ने गरेको पाइन्छ । यसले नेपालमा लोकतन्त्र स्थापनाका लागि आधार तयार गरेको पाइन्छ भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्ने श्रेय पनि खोजी पस्दै जाँदा महिला आन्दोलनलाई जान्छ ।
बदलिएको समाज, बदलिएका मान्यता फेरिएको समाजमा स्थापित नाराहरू पनि बदलिएका छन् । हिजो समयको व्यवस्थापनलाई महìव दिने मानिसहरू आज समयलाई हैन, शक्तिलाई व्यवस्थापन गर्न‘पर्छ भन्ने दिशातिर मोडिएका छन् । कति समय काम ग¥यो भन्ने महìवको कुरा होइन, कति शक्ति खर्च गरेर काम ग¥यो भन्ने कुरा खास महìवको हो । त्यसैगरी कति घण्टा काम ग¥यो भन्ने कुरा होइन, कति परिणाम निकाल्यो भन्ने अझ बढी महìवको हो । मेसिन र मानिसहरूका बीचमा आधारभूत रूपमा अन्तर छ भन्ने कुरा बुझ्न जरुरी छ । मेसिनले सोझो रेखामा मात्रै काम गर्छ भने मानिस चक्रीय रेखा र गतिमा पनि काम गर्न सक्छन् भन्ने स्थापित भएको छ ।
अध्ययनले के पनि पत्ता लगाएको छ भने मानिसले ९० देखि १२० मिनेटसम्म नबिसाइकन काम गर्न सक्छन् भने हरेक दुई घण्टामा २० देखि ३० मिनेट विश्रामको जरुरत पर्छ । प्रभावकारी कामका लागि मानवीय स्वभावको सम्मान गर्न जरुरी छ । उत्पादनमूलक र फलदायी काम गर्न मुख्य कुरामा ध्यान केन्द्रित गर्न‘पर्छ । काम कति समय लगाएर गरियो भन्ने हैन कि कति ध्यान केन्द्रित गरेर गरियो भन्ने कुरा मुख्य कुरा हो । काम गर्ने मात्रै होइन, काममा परिणाम, उत्पादन दिने हो भन्ने कुरा आजको मुख्य वहसको विषय हो ।
महिला दिवस मनाइरहँदा महिलाका आजका चुनौतीहरू के हुन् भन्ने बारेमा चर्चा गर्न जरुरी छ । आजको मुख्य समस्याको विषय हो । आजको अर्थतन्त्र महिलाको पक्षमा छैन । अर्थतन्त्रले महिलाको पक्षमा काम गरिराखेको छैन । समान ज्यालाको प्रश्न छ । असमान पहुँचको अभ्यास र महिलाको योगदानलाई अर्थतन्त्रमा गणना गर्ने प्रचलन छैन । महिलाले अत्यधिक समय काम गरिरहे पनि आम्दानीमा गणना नहुने, ज्यालाको दाबी गर्न नमिल्ने भएका कारणले महिलाको योगदानले अर्थतन्त्रलाई कुनै योगदान गर्दैन भन्ने मानसिकताका कारण आज पनि यो समस्या जस्ताको तस्तै रहेको छ । पुरुष र महिलाका बीचमा शारीरिक हिसाबले हुने भिन्नता स्वाभाविक रूपमा देखिन्छ ।
शारीरिक भिन्नताका कारणले भोग्नपर्ने समस्या आफ्ना ठाउँमा छँदैछन्, त्यसका अलावा प्राकृतिक हिसाबले व्यहोर्नपर्ने हरेक महिनाको स्वाभाविक महिनावारीका कारणले भोग्न पर्ने पीडा र त्यसले काममा पार्ने असरलाई समेत गणना गर्ने हो भने समानताको प्रश्न असमानबीचको तुलना गरेर हुनै सक्दैन । कुरा यतिमा मात्रै सीमित छैन, सन्तान उत्पादन गर्ने र तिनको लालनपालन गर्ने दायित्व महिलामा निर्भर हुने भएका कारणले उनीहरूको योगदान राष्ट्रिय आयमा गणना नहुने मात्रै होइन, उनीहरूको भरण पोषणका लागि थप लगानी गर्न‘पर्ने कारणले अर्थतन्त्रसँग महिलाको सम्बन्ध प्रतिक्रियात्मक हुने भएकाले पनि बदलिँदो परिवेशअनुसार अवधारणामा परिवर्तन गर्न अत्यावश्यक भएको छ ।
शक्तिमा महिलाको सङ्ख्या पर्याप्त नभएका कारणले महिला सेवाग्राहीहरूले प्राप्त गर्ने सेवामा पनि समानता छैन । अर्कोतिर शक्तिमा पर्याप्त मात्रामा पुरुष हुने भएका कारणले महिलाहरूको पहुँचको समस्या, महिलाहरूको पक्षधरताको समस्या र महिलाहरूको समस्या र पीडा बुझ्ने समेतको समस्या छ ।
पितृसत्तात्मक मानसिकताले सिर्जना गर्ने अर्को भयानक ठूलो समस्या हो । पितृसत्तात्मक समाजले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने, पहुँच, अवसर र उपस्थितिमा समेत प्राथमिकता नदिने कुरा स्वाभाविक हुने भएका कारणले पनि समानताको नारा व्यवहारमा परिणत हुन सकेको छैन । अर्कोतिर महिलाका लागि पहुँच दिन चाहँदा पनि पहुँच दिने लाइनमा पुगेका महिलाहरूको सङ्ख्या नै पर्याप्त नभएको स्वयं कार्यकारी तहमा पुगेका महिलाहरूको आवाज सुन्न थालिएको छ, जो अझै चुनौतीको विषय हो ।
निष्कर्ष :
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा यसको आरम्भ, आरम्भ हुनाका कारण र आरम्भ हुँदाका बखतको सामाजिक, आर्थिक, राजनीतिक अवस्थालाई नजरअन्दाज गर्न सकिन्न । हिजोको समाजको परिवेशमा जे नारा र एजेण्डाहरू स्थापित भए आज समाजको चरित्र बदलियो । आज समाजका अन्तरविरोधहरू पनि बदलिए । समाजका सम्बन्ध बदलिँदा सामाजिक रहन सहन चालचलन र मान्यता समेतमा आएको परिवर्तनको सन्दर्भमा आजका व्यवहार र चलनहरूलाई पनि परिमार्जन गर्न जरुरी छ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)