अनौठो पिशाच चतुर्दशी
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
यसपालिको घोडेजात्रा पर्व २०७७ चैत २९ गते आइतबार प¥यो । विश्वका अन्य मुलुकमा नपाइने परम्परा र संस्कृति हाम्रो मुलुकमा छ । चैत कृष्ण औँसीमा काठमाडौँमा मनाइने घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चतुर्दशीलाई भने पिशाच चतुर्दशी भनिन्छ । फागु पर्वको समापन एक हप्तापछि चैत कृष्ण अष्टमीका दिन पशुपति क्षेत्रबाट एक शिव लिङ्ग ल्याई काठमाडौँको ब्रह्मटोलको बुद्धविहारमा राखी “लुकुमाद्यो” अर्थात् नेवारी परम्पराअनुसार लुकेका देवता भनी पिशाच चतुर्दशीमा स्नान गराई तामसी खाना खुवाइन्छ । यस दिन शिवगण प्रेत, पिशाच आदिलाई पूजाआजा गरेमा जीवनमा रोग, व्याधि, कष्ट, हैरानी बेहोर्नु नपर्नेकथन पनि छ ।
काठमाडाँै नक्सालको नक्साल भगवती, पशुपतिको वत्सलादेवी, जयवागेश्वरी र चाबहिल गणेशस्थानमा विशेष जात्रा मनाइने पिशाच चतुर्दशीका दिन काठमाडौँका आदिम नेवारले “पाशाचह्रेँ” पर्व भनेर पनि मनाउँछन् । प्रत्येक टोल, बस्तीमा महादेव लुकेर बसेका छन् भनी घर, आँगन सफासुग्घर गरी टोल सुरक्षार्थ रहेका क्षेत्रपालस्वरूप शिवको आराधना गर्ने गर्छन् । सर्वेश्वर शिव अग्नि स्वरूप हो, आगोमा जे जुन वस्तु हाले पनि पच्ने गर्छ ।
काठमाडौँ क्षेत्रमा धेरै देवदेवीका स्वरूप छन् । नक्साल भगवती र जयवागेश्वरी देवीलाई दिदीबहिनीका रूपमा लिइन्छ । चैतमासमा यहाँ विशेष जात्रा हुने गर्छ । यहाँका नरदेवी, म्हैैपी, भद्रकाली, असनकी देवी, सङ्कटा आदि पनि एकै सन्तति मानिएका छन् । एकै सन्तानमध्ये काठमाडौँकै लुतेदेवी र उनको परिवार गरिब रहेछ पहिले ।
दिदीबहिनीले भोजभतेर गर्ने, मीठा, रसिला खाना खाने, खुवाउने, साजसज्जा राम्रो गर्ने तर लुतेदेवी भने आफ्नो गरिबीका कारण यसो गर्न नसकेकोमा चिन्तित भइछन् ।
घोडेजात्रा, सरकारीस्तरबाटै मानिने जात्रा हो । यो जात्रा देखाई काठमाडौँको टुँडिखेलसँगै नजिकै रहेकी भद्रकालीलाई खुसी गराउने चलन छ । हनुमानढोका परिसर वसन्तपुरको कुमारी घरबाट जीवित देवीस्वरूप कुमारीलाई घोडामा, बग्गीमा राखी टुँडिखेल ल्याउने, सम्मानसाथ सेनाद्वारा सलामी चढाई घोडादौड प्रदर्शनी गराइने गरिन्छ ।
अश्वकलाको प्रदर्शनी भनौँ घोडेजात्रा नेपाली सेनाद्वारा गराइने गरिन्छ । यो चलन चलेपछि काठमाडौँका राजाले भद्रकालीमा चैत कृष्ण औँसीमा बिहानै दर्शन गर्ने परम्परा बसेको हो । राजा त्यतिबेला दर्शन गर्न जाँदा घोडामा जान्थे । विदेशमा अश्वकला अर्थात् घोडादौड देखेका जुद्धशमशेरले यहाँ पनि घोडेजात्रा सुरु गराए ।
त्यतिबेला काठमाडौँ वरपर टँुडी नामको राक्षसले दुःख दिने
धधधगथ्र्याे रे ! बच्चाहरू खाने राक्षसी शैलीले जनता वाक्क भए । सबै मानिस मिलेर टुँडीलाई जिउँदै गाडे र त्यसलाई टुँडिखेल नामकरण गरियो । टँुडी नामको राक्षसबाट फेरि अनिष्ट नहोस् भनी त्यहाँ सैन्य बल, घोडचढी प्रतियोगिता गर्न थालियो ।
रथयात्रा, अश्वयात्रा, गजयात्रा, गोयात्रा गरेको ठाउँ सदाका लागि पवित्र हुन्छ, कोही कतैबाट पीडा हुँदैन भन्ने शास्त्रीय मान्यता छ । त्यसैले पनि वर्षमा एकपटक काठमाडौँको केन्द्र टुँडिखेलमा अश्वयात्रा गरेपछि कुनै अनिष्ट नहुने भन्ने मान्यता रहेको छ । त्यस्तै, भारतको कामरू कामाक्षबाट काठमाडौँका शाश्वतवज्र नामका तान्त्रिकले त्यहाँकी भद्रकालीलाई काठमाडौँ ल्याए, केहीबेर भद्रकालीलाई जमलमा राखे । त्यहाँ देवी बस्न मानिनन् ।
शाश्वतवज्रको आफ्नो धोको पूरा नभएकाले भद्रकालीलाई मैले अन्यत्र कतै नचलाइएको मौलिक जात्रा घोडेजात्रा यहाँ चलाइदिन्छु भनी फकाएर भद्रकालीलाई जमलबाट उठाई हालको मन्दिर परिसरमा राखे । एक दिन घोडेजात्रा चलाउने चलन त्यसै बेलादेखि भएको भन्ने जनश्रुति छ ।
काठमाडौँको ओमबहालमा लुकुवा महादेवको मूर्ति अहिले पनि देखिन्छ । एक वर्षसम्म जमिनमुनि रहने यी देवतालाई घोडेजात्राको अघिल्लो दिन पूजा दर्शन गरी साना महादेव भनेर स्तुति पुकार गर्ने चलन छ । काठमाडौँ उपत्यकाको संस्कृति भिन्नप्रकारको छ, अनौठो छ । विश्वमै अनौठो यस्तो पर्व मेलाका रूपमा हेर्न विदेशीसमेत उपस्थित भएका थिए विगतमा ।
(लेखक संस्कृति अध्येयता हुनुहुन्छ ।)