प्रशासन सुधार र सार्वजनिक सेवाप्रवाह
श्याम मैनाली
सार्वजनिक सेवाप्रवाहमा विभिन्नप्रकारका सेवाप्रदायकको उपयुक्त परिचालनका लागि सार्वजनिक प्रशासनमा वृहत् सुधार गर्दामात्र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सकिन्छ । यही विषयलाई यहाँ समेट्ने प्रयास गरिएको छ । व्यक्तिले उपभोग गर्ने वस्तु र सेवाको तरिका र त्यसको स्वामित्वका आधारमा उसले प्रयोग गर्ने वस्तुलाई निजीदेखि सार्वजनिक वस्तु र सेवाका रूपमा वर्गीकरण गर्न सकिन्छ । व्यक्तिगत रूपमा उपभोग गर्ने र आफ्नो स्वामित्वमा रहने वस्तु वा सेवा निजी वस्तु र सेवा हुन् भने अन्यसँग साझा गरी उपभोग गर्ने र व्यक्तिगत स्वामित्वमा नरहने वस्तु वा सेवा साझा र सार्वजनिक वस्तु र सेवाको क्षेत्रमा राखिन्छ । आफ्नो स्वामित्वमा नरहने वस्तुलाई व्यक्तिगत रूपमा क्रय गर्न नचाहनाले निजी क्षेत्र÷बजार यस्ता वस्तु र सेवाको उत्पादन गर्न अनिच्छुक रहन्छन् । यसप्रकारको वस्तु र सेवाबाट सम्पूर्ण नागरिक उपभोगबाट वञ्चित रहन्छन् । यसरी नै बजार निजी क्षेत्रबाट प्रवाह हुने सेवा वा वस्तुको उपभोग गर्न नागरिकको क्रय गर्ने सामथ्र्य नहुँदा ती वस्तु वा सेवाको उपभोग गरी लाभान्वित हुन सक्दैनन्, जसबाट उनीहरूको जीवनमा नकारात्मक प्रभाव पर्न गइरहेको हुन्छ । यसप्रकारका वस्तु र सेवा आधारभूत वस्तु र सेवा पनि हुन सक्छ र सामथ्र्यविहीन नागरिक यसबाट वञ्चित हुन पुग्छन् ।
सरकारको प्रमुख दायित्व नागरिकलाई आधारभूत तथा सार्वजनिक वस्तु र सेवाप्रवाह गर्नु हो । नागरिकको जीवनमा गुणस्तरीय परिवर्तनका लागि यसप्रकारका वस्तु र सेवाको प्रवाह गर्ने तरिका प्रक्रिया, पहुँच, पर्याप्तता, समय, गुणस्तर, गति आदिले प्रभाव पार्छ । यस सिलसिलामा सरकारले सम्बन्धित सेवा र वस्तुबारे नीति निर्धारण गर्छ र सार्वजनिक प्रशासनले नीतिले अङ्गीकार गरेको लक्ष्य प्राप्त गर्न आवश्यक व्यवस्थापनको कार्य गर्छ । यस सन्दर्भमा सार्वजनिक सेवाप्रवाहमा नीति निर्माता, सेवाप्रदायक संस्था र सेवाप्रदायक र सेवाग्राहीसमेत गरी तीन पात्र देखापर्छन् । यिनीहरूबीच त्रिकोणात्मक सम्बन्ध रहेको हुन्छ । ‘नीति निर्माता–सेवाप्रदायक’, ‘सेवाप्रदायक–सेवाग्राही’ र ‘सेवाग्राही–नीति निर्माता’ नीति निर्माता र सेवाप्रदायकबीच एक सम्झौता भएको हुन्छ, जसमा नीति निर्माताले सेवाप्रदायक संस्थालाई आवश्यक स्रोत, अधिकार र सामूहिक उद्देश्य प्राप्त गर्ने दायित्व, पुरस्कार र दण्डको विवरण दिइएको हुन्छ । नीति निर्माताले उक्त संस्थाको कार्यसम्पादनसम्बन्धी सूचना प्राप्त गरी आवश्यक पुरस्कार र दण्ड व्यवस्था गर्छ । नीति निर्माता र सेवाप्रदायक संस्था तथा सेवाप्रदायकबीचको सम्झौताको स्पष्टताले सेवाप्रदायक संस्था सेवाप्रवाहमा प्रतिबद्ध हुन जान्छन् ।
सेवाप्रदायक संस्था÷सेवाप्रदायक र सेवाग्राही (नागरिक)बीचको शक्ति सम्बन्धले सेवाप्रवाहलाई प्रभावित पार्छ । सेवाप्रदायक सेवाप्रवाहप्रतिको चासो उसको कर्तव्यपरायणता, निष्ठा, सेवाभाव, सार्वजनिक तथा व्यावसायिक मूल्य–मान्यता आदि प्रेरित गर्छ । नीति निर्मातालाई सार्वजनिक सेवाप्रवाहका लागि उत्तरदायी बनाउने कार्यतर्फ सेवाग्राही तथा अन्य नागरिक समाज संस्था वा नागरिक समूह क्रियाशील रहनुपर्छ । नागरिक सहभागितात्मक बजेट निर्माण, सहभागितात्मक योजना सूचना प्रवाहमा चुस्तता सञ्चारमाध्यमबाट सूचना प्रवाह आदिबाट नागरिक सुसूचित र जागरुक भई सेवाप्रवाहलाई प्रभावकारी बनाउन सहयोग पु¥याउँछ । सार्वजनिक सेवाप्रवाहको तीन प्रमुख पात्रहरू– नीति निर्माता, सेवाप्रदायक संस्था÷सेवाप्रदायक र सेवाग्राही)को सेवाप्रवाह प्रभावकारिताका लागि आ–आफ्नो भूमिका रहेका हुन्छन् । सार्वजनिक प्रशासन सेवाप्रदायक संस्था÷सेवाप्रदायक हुने भएकाले यसको आफ्नै प्रकारको भूमिका
रहेको हुन्छ ।
उसको भूमिका सेवाप्रवाहका लागि अवलम्बन गरिने विभिन्न तरिकामा भिन्नभिन्न हुन जान्छ । सेवाप्रवाहका लागि अवलम्बन गरिने तरिकाको सम्बन्धमा नीति निर्माताले निर्णय गर्छन् । मूलतः सेवाप्रवाहका लागि केन्द्र सरकारको प्रत्यक्ष संलग्नता, निजी वा नागरिक समाज संस्था करार एवम् सहकार्य, स्थानीय तहलाई विकेन्द्रीकरण, सामुदायिक सहभागिता, सेवाग्राहीलाई हस्तान्तरण जस्ता उपाय÷तरिकाको अवलम्बन गरिन्छ । नेपालले पनि सेवाप्रवाहका लागि यी तरिकाको अवलम्बन गरेको छ ।
सेवाप्रवाहबाहेक सेवासम्बन्धी अर्को महŒवपूर्ण पक्ष हो, सेवाप्रति नागरिकको अपेक्षा । सेवाप्रवाह र सेवाप्रतिको नागरिक अपेक्षामा मेल भएन, खाडल बढी भएमा सार्वजनिक स्रोतको दुरुपयोग हुन जान्छ । सेवाग्राहीका अपेक्षा र सेवाप्रवाहमा अपनाइने विविध तरिकाबीच सामन्जस्य गराउने कार्य सार्वजनिक प्रशासनको हो । यस अर्थमा नतिजामुखी सेवाप्रवाहका लागि सार्वजनिक प्रशासनमा सुधार गरी यी अपेक्षा प्राप्त गर्न सकिन्छ ।
विद्यमान संरचना ‘कार्यक्रममुखी’
‘कार्यमुखी’ ‘प्रक्रियामुखी’बाट ‘सेवाग्राहीकेन्द्रित’ संरचनातर्फ उन्मुख गराउन सके सेवाप्रवाह प्रभावकारी बन्न सक्छ । सेवाप्रवाहको रणनीतिमा ‘सेवाग्राही÷नागरिककेन्द्रित’ हुनु आवश्यक छ, तहगत संरचना यसका लागि प्रमुख चुनौती हुन सक्छ । यसमा नागरिकको आवश्यकता बुझ्ने, बुझ्नका लागि संयन्त्र विकास गर्ने, नागरिकबाट प्राप्त सूचना पृष्ठपोषण गर्ने, सेवा मापदण्ड निर्माण गर्नेजस्ता कार्यलाई प्राथमिकता दिइन्छ । ‘सेवाग्राही÷नागरिककेन्द्रित सेवा संरचना’ र ‘सेवाग्राही नागरिककेन्द्रित सेवाप्रदायक संरचना’बाट सार्वजनिक प्रशासनको मूल तŒवलाई प्रतिविम्बित गर्छ । यसले सेवाप्रदायक संस्थाको लचिलो संरचनाको कल्पना गरेको छ । सेवाप्रवाहका लागि यससँग सम्बन्धित सबै सरकारी इकाइ÷शाखा÷विभागबीच सहयोगात्मक सरकारको अवधारणालाई अग्रसर गराउन उपयुक्त हुन्छ । विभिन्न सरकारी इकाइ÷शाखा÷विभागबीच सेवा मापदण्ड समान हुनुपर्ने हुन्छ । प्रविधिअनुसार प्रक्रियाको सुधार, संरचनागत सुधार सँगसँगै सेवाप्रवाहका लागि अपनाइने प्रक्रियामा पनि सुधार हुनु आवश्यक छ । प्रक्रिया सरल, स्पष्ट तथा विश्वासिलो पनि हुनुपर्छ । प्रक्रिया सुधारमा प्रविधिको अधिकतम उपयोग गर्न सक्ने अवस्था हुनुपर्छ ।
कार्यसम्पादन व्यवस्थापनको कार्यान्वयन, कुनै पनि संस्था÷सङ्गठनको औचित्य त्यस संस्था÷सङ्गठनबाट प्रवाह हुने सेवा वा वस्तुको समाजले प्राप्त गर्ने योगदानले पुष्टि गर्ने गर्छ । यी संस्थाले समाजमा दिने योगदान त्यस संस्थाभित्र कार्यरत कर्मचारीले खेल्ने भूमिकामा भर पर्छ । प्रत्येक कर्मचारी आफूले गर्नुपर्ने कार्य र समूहमा गर्नुपर्ने कार्यप्रति गम्भीर भएर सम्पादन गरेमा निश्चित रूपमा सेवाप्रवाहमा सुधार हुन सक्छ । यसका लागि कार्यसम्पदान व्यवस्थापन एक सशक्त व्यवस्थापकीय माध्यम हुन सक्छ । यस व्यवस्थापनले कार्यसम्पादनलाई केन्द्र बनाई उनीहरूको पदोन्नति, मानव स्रोत विकास, वृत्तिविकास, आर्थिक प्रोत्साहन, मूल्याङ्कन तथा अन्य कर्मचारी तथा आर्थिक व्यवस्थापनका कार्य गरिन्छ ।
‘नागरिक÷सेवाग्राहीकेन्द्रित संरचना’ निर्माण गर्नेक्रममा नागरिक संलग्नताको व्यवस्थालाई मध्यनजर गर्नुपर्छ किनकि यसले सेवाग्रीको भावना, विचार र पृष्ठपोषणलाई उचित स्थान दिएको हुन्छ । नागरिक संलग्नताले ‘सेवाको मापदण्ड’, ‘सेवा कार्यान्वयन’, ‘सेवाको अनुगमन’ तथा सेवामा नवीनतम विचार÷उपाय निर्माण गर्न सहयोग गर्छ । सेवाग्राहीलाई क्रेताका रूपमा विकसित गरी सेवाप्रवाहमा संलग्नता गराउन सकिन्छ । यसरी नै सहभागितात्मक कार्यसम्पादन अनुगमन पद्धतिजस्तै नागरिक प्रतिवेदनपत्र, सामुदायिक अङ्कपत्र, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, गुनासो सुनुवाइ प्रणाली, मत सर्वेक्षण, सन्तृष्टि सर्वेक्षण आदि अपनाई सेवाप्रवाहमा नागरिक संलग्नता वृद्धि, सेवाप्रवाहमा प्रभावकारिता वृद्धि गर्न सकिन्छ ।
सेवाग्राही÷नागरिककेन्द्रित सेवाप्रवाहका लागि संस्थागत संस्कारको परिवर्तन, सेवाप्रदायकको व्यवहार तथा आचरणमा परिवर्तन, उच्च उत्प्रेरित र प्रतिबद्ध सेवाप्रदायक, विविध व्यवस्थापकीय सीप भएको, सूचना प्रविधि ज्ञान आदि आवश्यक हुने हुनाले सेवाप्रदायकलाई सोअनुरूप क्षमता अभिवृद्धि कार्यक्रम हुनु जरुरी छ । मानव स्रोत विकासलाई परिवर्तनको क्रममा प्राथमिकतामा राखी प्रवद्र्धन गर्नुपर्छ । मानव स्रोत विकास कार्यसम्पादनमा जोड्नुपर्छ न कि पदोन्नतिको एक मार्ग । यसो गर्नाले कार्यसम्पादनमा वृद्धिको सम्भावना रहन्छ । सार्वजनिक प्रशासनको सुधारका लागि पहल गर्ने प्रथम इकाइका रूपमा रहने राजनीतिक पक्षको इच्छाशक्ति र प्रतिबद्धता यसको सफलताको कडी नै हो । सार्वजनिक प्रशासनलाई आवश्यक स्रोत, अधिकार र कार्यक्षेत्र निर्धारण गर्ने कार्य राजनीतिक शक्तिबाटै हुने गर्छ । यसैले यसको चुस्त वस्तुगत तथा तदारुक अनुगमनले सार्वजनिक प्रशासन सुधारलाई गतिशील बनाउन सघाउँछ ।
प्रशासनिक सुधार एक नियमित प्रक्रिया हो । परिवेशको परिवर्तन आवश्यकताको महसुस, नवीनतम् खोजको प्रयोग आदि कारणबाट सार्वजनिक प्रशासनमा सुधार गर्दै जानुपर्छ । विद्यमान रहेको प्रशासनिक प्रणाली, संयन्त्र र व्यवहार नयाँ परिस्थितिका लागि अनुकूलन नहुन सक्छ । प्रशासनिक सुधार लक्ष्यमुखी हुनुपर्छ, यसले हाल देखापरेको समस्यालाई मात्रै ध्यान केन्द्रित गरेर सुधार गर्दा भविष्यमा यसले ठूलो चुनौती र लागत ल्याउन सक्छ । नतिजामूलक सेवाप्रवाहलाई प्रशासनिक सुधारको लक्ष्य राखिने हो भने यो बाध्यमुखी हुनुपर्ने देखिन्छ । नतिजामुखी सदैव सेवा लक्षित वर्गसँग सम्बन्धित रहन्छ, तसर्थ प्रशासनिक सुधार सेवाग्राही÷नागरिक केन्द्रित रहनुपर्ने मान्यता रहन गएको छ ।
(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।)